लम्पी स्कीन रोग नियन्त्रणः १लाख २५ हजार ९१ पशुचौपायको उपचार ९ हजार ९सय एक पशुमा खोप लगाइयो
असार २० सुर्खेत
लम्पी स्कीन रोग नियन्त्रणमा १लाख २५ हजार ९१ पशुचौपायको उपचार र ९ हजार ९सय एक पशुचौपायमा खोप लगाइयो भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरि जानकारी दिइएको छ।
कर्णाली प्रदेशका १० जिल्लामा महामारीको रुपमा फैलिएको लम्पी स्कीन रोग नियन्त्रणमा मन्त्रालयले रोग नियन्त्रणमा कुनै कसुर बाँकी नराखी काम गर्न कृषि मन्त्री भिम प्रकाश शर्माले दिनुभएको निर्देशन अनुसार काम थालेको मन्त्रालयले हाल सम्म १ लाख २५ हजार ९१ पशुचौपायको उपचार गरेको र ९ हजार ९ सय एक पशुचौपायमा खोप लगाइएको मन्त्रालयले असार १९ गते जारी गरेको प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको हो।
कर्णाली प्रदेश सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिकाको विभिन्न क्षेत्रमा गाइ गोरुमा समस्या देखिएको जानकारी प्राप्त भएको र ती क्षेत्रमा शंकास्पद पशुको सिरिम र छालाको भागका नमुनाहरु पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट मिती २०७९ साल चैत्र २७ गते केन्दीय पशुपंछी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाइएका Real time PCR विधिबाट परिक्षण गर्दा गएको बैशाख ४ गते लम्पी स्कीन पुष्टी भए पश्चात मन्त्रालयले हाल सम्म गरेको प्रगति र रोग नियन्त्रणको अवस्थाबारे प्रेस विज्ञप्ति जारी गरेको जानकारी दिइएको मन्त्रालयका सुचना अधिकारी रामभक्त अधिकारीले बताउनु भयो।
अधिकारीका अनुसार कर्णालीका १० जिल्लामा सबै भन्दा बढी लम्पी स्कीनको प्रभाव सल्यान र कम प्रभावित जिल्लामा मगु रहेको छ। सल्यान ३४ हजार ३सय २८ पशु संक्रमित हुदा मुगु जिल्लामा
४ सय २९ पशुचौपाय संक्रमित भएको जानकारी दिनुभयो।
प्रेस विज्ञप्ति हेर्नुहोस


#लम्पी स्कीन नियन्त्रण
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा