वित्तिय साक्षरता तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

वित्तिय साक्षरता तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

बुटवल – बुटवल उपमहानगरपालीका वडा न २ को आयोजनामा सञ्चालीत ३ दिने वित्तिय साक्षरता तथा क्षमता अभिवृद्धि कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै वडा न.२ का वडा  अध्यक्ष  सुनिल शाक्यले वित्त सम्बन्धि जानकारी लिनु र ब्यक्तित्व विकास गर्नु आजको आवश्यकता भएको बताउदै वडामा रहेर विभिन्न संघ संस्था नेतृत्व गरिरहेकाहरुलाई तालिम दिएको बताउनुभयो । कार्यक्रममा सहभागिहरुले सिकेको कुराहरुलाई व्यवहारमा लागु गर्नुपर्ने बताउदैं समाज परिवर्तन गर्न चाहानेहरुले सबै भन्दा पहिले आफु परिवर्तन भई सकरात्मक सोचको विकास गरि हामी भन्ने भावनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहांले आगामि दिनमा पनि यस्ता खालका कार्यक्रमहरुको आयोजना गरि हरेक वडावासीको आवश्यकता पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु पर्ने बताउनु भयो ।

विज्ञापन

उक्त कार्यक्रमको सहजिकरण गर्दै एनएमवी बैंकका म्यानेजर भुवन पाण्डेले वित्त व्यवस्थापन कसरी गर्न सकिन्छ, बचत भनेको केहो , बैंक तथा वित्तिय संस्थाहरुमा पैसाको कारोवार गर्न कसरी  सकिन्छ भन्ने सवालमा सामुहिक छलफल गर्नुभएको थियो भने पत्रकार अम्बिका परियारले नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रशिक्षार्थी मिना थापा तुलाधरले तालिम निकै प्रभावकारी भए पनि समय छोटो भएको गुनासो गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु बजेटमा समाबेश गर्न आग्रह गर्नुभयो ।

वडा न २ भित्र संचालित  विभिन्न संघ संस्थाका सचिब र कोषाध्यक्ष गरि ४० जना सहभागी रहेको कार्यक्रम वडा सदस्य गंगा घिमिरेको अध्यक्षता , वडा सदस्य गौतमलाल शाक्य को स्वागत तथा वडा सदस्य कुमारी देवी दर्नालको सञ्चालनमा सम्पन्न भएको थियो ।