विभेद बिरुद्ध सांसद सञ्जाल लुम्बिनी प्रदेश गठन

विभेद बिरुद्ध सांसद सञ्जाल लुम्बिनी प्रदेश गठन

बुटवल – जागरण मिडिया सेन्टरको आयोजानमा वर्तमान र निवर्तमान सासंदहरु बिच अनुभव आदान प्रदान एवं नव निर्वाचित प्रदेश सासंदहरुको भुमिका बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

बिहिवार बुटवलमा भएको छलफल कार्यक्रममा उपस्थिति निर्वतमान सांसदहरुले बोल्दै अघिल्लो पाँच बर्ष अर्थात आफ्नो पाँच बर्षे कार्यकाल प्र्रदेशसभाको नौलो अभ्यास तथा कोरोना महामारीका कारण उपलब्धिमुलक बन्न नसककोे बताए भने वर्तमान सांसदहरुले प्रदेशको औचित्य बारे संस्थापक सांसदहरुले समाज र मिडियामा खुलेर बहस गर्नुपर्नेमा जोड दिए ।

विज्ञापन

कार्यक्रममा बोल्दै संविधानसभा सदस्य विनोद पहाडीले प्रदेश सरकार प्रचुर सम्भावनाका विचमा पनि ठोस निर्णय लिन नसक्दा दलित, सिमान्तकृत, अल्पसंख्यक, मुस्लीम लगायतको पक्षमा काम गर्ने, उनीहरुको लागि हक अधिकार स्थापित गर्ने योजनामा कयौं काम गर्न सक्ने भए पनि उनीहरुको पक्षमा विनियोजन गरिएको बजेट नै फ्रीज गराएर सरकारले काम गर्नबाट चुेकेको बताए । उनले जनतासंग प्रत्यक्ष सरोकार राख्ने निकायको रुपमा रहेको मन्त्रालयले समेत जनताको पक्षमा काम नगरेको भन्दै अबको पाँच बर्ष नवनिर्वाचित सासंदहरुले जन अभिरुचिलाई प्राथमिकतामा राखेर जनपक्षीय योजना बनाएर काम गर्न सुझाव समेत दिए ।

उक्त छलफल कार्यक्रममा पुर्वराज्य मन्त्रि समेत रहेकी रिना नेपाल विश्वकर्माले महिलाहरु जतिनै नेतृत्वदायी भुमिकामा रहेता पनि महिलाको नेतृत्व स्विकार गर्न जुनसुकै दलका नेताकार्यकता तथा कर्मचारीहरुले आनाकानी गर्ने गरेको बताईन ।उनले भनिन “बजेट विनियोजनमा पनि सरकार,कर्मचारी र दलबाट प्रतक्ष्य निर्वाचित सांसदहरुले विभेद गर्ने गरेको बताउदै हरेक चुनौतिको सामना गर्न सके मात्रै सक्षम नेतृत्व बन्न सकिन्छ, होईन भने सधै पछि परिन्छ ।”

कार्यक्रममा प्रदेश सभा सदस्य रमा अर्यालले एमाले, माओवादी, काग्रेस वा अन्य दलले समेत महिलालाई कार्यकारी पद दिने कुरामा कहिले पनि अगाडी नसार्ने बताउँदै सासंदहरुको भुमिका धेरै भएता पनि पाटिको निर्देशन बिधिपद्धति अनुसार चल्नु पर्दा अधिकार बिहिन भएको बताईन । सुरुवात र सिकाईको चरणमा पनि प्रदेशमा ६५ वटा कानुन पास गरेका छौ आवश्यकता र ओैचित्यका आधारमा बनाएको कतिपय कानुनु कार्यन्वयनको अबस्थाबाट भने प्रदेश सरकार चुकेको छ । त्यस कारण यी कानुनलाई कार्यन्यवयनमा लैजान जिम्मेवारी वर्तमान सासंदहरुको भएको बताईन ।

यस्तै प्रदेश सभा सदस्य दिपा विश्वकर्माले उत्पीडनमा परेका समुदायको आवाज सोही समुदायबाट मात्र बढि मात्रामा उठ्ने गरेको हुदाँ यो सबैको साझा मुद्दा हुनुपर्ने बताईन । उनले भनिन “महिला सांसद सदनमा ताली बजाउने काममा बढि केन्द्रीत भएको भन्दै महिला अब कार्यकारी निर्णय गर्ने अधिकार सम्पन्न क्षेत्रमा पनि अगाड बढ्नुपर्ने सुझाव दिईन ।”

त्यस्तै कार्यक्रम वर्तमान सासंदहरु निमा गिरि , हेमा बेलवासे , भगवति न्यौपाने ,शान्ति लोध लगायतले बोल्दै प्रदेश सभामा गएको ४ महिना बितिसक्दा पनि प्रदेशमा जम्मा ९ बटा मात्रै बैठक बसेको भन्दै प्रदेश सासंदहरु बेरोजगारी भएको बताउँदै प्रदेशको आवाश्यकता र ओैचित्य खासै नभएको बताएका उनिहरु भन्छन “सांसदहरु बजेट बाड्ने होईन योजना र पोलिसि बनाउने हो । हामीले निर्वाचन जित्दै गर्दा जनतालाई धेरै आश र अपेक्षा बाडेका थियौ तर पटक पटकको सरकार फेरबेदल र अस्थिरताको कारण जनतका सबैयोजना र बिकासका काम ठप्प भएको अबस्था छ । यसले नेताहरु माथिको जनताको बिश्वास घट्छ अहिले त हामी के को लागी जनता बाट निर्वाचित भएर प्रदेश सभा आएका छौ भन्ने प्रश्न आफै माथी गर्न थाल्यौ ।”

कार्यक्रममा जागरण मिडिया सेन्टरका केन्द्रीय अध्यक्ष कमला बिश्वकर्माले मानवअधिकार,दलित,महिला,सिमान्तकृत ,तथा अल्पसंख्यकहरुको बिषयका मुद्दाहरु संसदमा जोडदार रुपमा उठाउन पर्ने बताउँदै यी लक्षित वर्गको लागी कानुनी प्रणालिको पनि छुट्टै व्यवस्था गर्न संसदमा आवज उठाउन वर्तमान सासंदहरुलाइ आग्रह गरीन ।

जागरण मिडिया सेन्टरले छलफल कार्यक्रमबाट नै नयाँ र पुराना सांसदहरुको समन्वयकारी भुमिका होस भन्ने उद्धेश्यले लुम्बिनी प्रदेशमा वर्तमान र निर्वतमान सांसदहरुको संजाल समेत गठन गरेको छ । सबै प्रकारका विभेद बिरुद्ध सांसद सञ्जाल (लुम्बिनी प्रदेश) नामक सञ्जाल गठन भएको हो । उक्त सञ्जालको संयोजकमा प्युठान बाट निर्वाचित सासंद निमा गिरि रहेकि छिन भने अन्य सांसदहरु सदस्य रहेका छन । आगामि दिनमा यसै सञ्जाल मार्फत सांसदहरुको निरन्तर भेटघाट तथा अन्तरक्रिया गर्ने सहभागिहरुले सहमति समेत गरेका छन् । छलफलमा ३० जना सांसदहरुको सहभागिता रहेको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता