तथ्यांक आधारिक हुनु पर्छ  : मन्त्री शर्मा

तथ्यांक आधारिक हुनु पर्छ : मन्त्री शर्मा

बैशाख ८ सुर्खेत
तथ्याङ्क ब्यबहारिक नभइ आधिकारिक हुनु पर्ने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताउनु भएको छ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा सुर्खेत जिल्लाका १० स्थानिय पालिका कृषि तथा पशु सेवा शाखा प्रमुखहरुलाई कृषि तथ्यांक एकीकृत  सफ्टवेयर AIMS  सञ्चालन  एबंम  तथ्यांक सकंलन  सम्बन्धि  ३ दिने अभिमुखीकरण गाेष्ठी सञ्लान गर्ने निर्देशन दिदै मन्त्री शर्माले  तथ्याङ्क ब्यबहारिक नभइ आधिकारिक हुनु पर्ने बताउनु भयो।
मन्त्री शर्माले अहिले कर्णाली प्रदेशमा लम्की स्कीन राेग महामारी रूपमा फैलिएकोले यसकाे वारेमा  तत्काल तथ्यांक सहित मन्त्रालयमा  जानकारी पठाउन निर्देशन दिनु भएको छ।
फिल्डमा जाँदा  रोग किराको संक्रमण बाट किसान पिडित हुने गुनासो गरेकाले कृषि प्राबिधिहरुले फिल्ड स्तरमा गयर किसानका समस्या सामाधान गर्न पहल गर्न ध्यान दिनु पर्ने जोड दिनु पर्ने बताउनु भयो।
स्थानीय सरकारसंग  प्रदेश सरकार समन्वय गर्न तयार भएकोले  कृषि तथ्यांक एकीकृत  सफ्टवेयर AIMS  सञ्चालन  एबंम  तथ्यांक सकंलन  सम्बन्धि  अभिमुखीकरण गाेष्ठी बाट वास्तविक तथ्याङ्क ल्याउन सहयोग हुने  भएकाले तथ्याङ्क ब्यवस्थापनमा देखिएको समस्या सामाधान हुनेमा बिस्वस्त भएकाले यसमा गम्भीर भएर काम गर्ने निर्देशन दिनु भयो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता