सैनामैना प.प.मा.बि का विधार्थीहरुद्धारा बोलबमधाम मन्दिरमा सरसफाई

सैनामैना प.प.मा.बि का विधार्थीहरुद्धारा बोलबमधाम मन्दिरमा सरसफाई

बुटवल – रुपन्देहीको सैनामैना १ रानिबगैचा मा रहेको सैनामैना प.प.मा.बि.को आयोजनामा मन्दिर सरफाई गर्ने कार्य सम्पन्न गरेको छ ।
विद्यार्थीहरुलाई सामाजिक सेवाभावको विकास संगै समाजमा घुलमिल गराउने उद्येश्य अनुरुप महाशिवरात्रीको अवसर पारेर पर्रोहा परमेश्वर बोलबमधाम मन्दिर परिसर भित्र बुधवार सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त सरसफाई कार्यक्रममा बोल्दै मन्दिर व्यबस्थापन समितीका अध्यक्ष रामबलि चौधरीले विद्यालयको यो कार्यले समाजमा किशोर किशोरीलाई सकारात्मक साचको विकास गराउनुको साथै समाज सेवामा अग्रसर हुने मौका प्रदान गरेको बताए ।

त्यसैगरि मन्दिका सचिब कुलचन्द्र ज्ञवालीले पढाइ संगै यस्ता कार्यले विद्यार्थीहरुलाई भोलिका दिनमा समाजमा घुलमिल हुन टेवापुर्याउने विश्वास व्यक्त गरे ।
‘समुदायमा हाम्रा बालबालिका’ कार्यक्रमका संयोजक तथा उक्त विद्यालयका शिक्षक लता खड्काले विद्यार्थीहरुले विद्यालयमा सिकेका कुराहरु व्यवहारमा लागु गर्नका लागि र उनिहरुको थप क्षमता विकास गराउदै आजका वालबालिकालाई भोलिका दिनमा सामाजिकिकरण संगै जिम्मेवार नागरिक बनाउनको लागि पनि विद्यालयले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको बताईन ।

विधार्थीको चौतर्फी विकासका लागि बिधालय,शिक्षक, अभिभावक ,विधार्थी तथा समाजका हरेक सरोकारवाला निकायले हातेमालो गर्नुपर्नेमा जोड दिईन ।
कार्यक्रममा सोहि विद्यालयका शिक्षक यमकला बस्याल,लक्ष्मी ज्ञवाली,विधालयका विधार्थीहरु लगाएतको उपस्थिती रहेको संयोजक खड्काले जानकारी दिईन ।