४ वर्षपछि बागचाैर नगरपालिकाकाे प्रशासकीय काम आफ्नै भवनबाट
माघ १३, सल्यान ।
सल्यानको बागचौर नगरपालिकाले आफ्नै भवनबाट ४ बर्षपछि प्रशासकीय काम सुरु गरेकाे छ।
नगरपालिकाकाे भवन निर्माण भएको झण्डै चार वर्षपछि नगरपालिकाले शुक्रबार देखी आफ्नै भवनबाट प्रशासकीय काम सुरु गरेकाे हाे ।
झाँकी र र्याली सहित भाडाकाे भवनबाट नगरपालिकाकाे भवनमा कार्यालय सारिएकाे हाे । आफ्नै भवनमा कार्यालय सारेपछि मेयर जनगराज गाैतमकाे प्रमुख आथित्यतामा बृहत कार्यक्रम समेत गरिएकाे थियाे ।
कार्यक्रममा उपमेयर सुम्निमा डिसी, निवर्तमान मेयर लाेकमान बुढाथाेकी, प्रमुख प्रासकीय अधिकृत अनन्तकुमार गाैतम, विभिन्न वडाका वडाध्यक्षहरु, कर्मचारी, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, पत्रकार, स्थानीयहरुकाे सहभागिता रहेकाे थियाे ।
नगरपालिकाकाे भवन निर्माणकाे कार्य २०७४ असारबाट थालनी गरिएकाे थियाे । २०७६ असारमा नगरपालिकालाई हस्तान्तरण गर्नेगरी २०७५ चैतमा भवन निर्माण सम्पन्न भएकाे थियाे ।
यसअघि घरभाडामा लिएर सेवा प्रवाह गर्दै आएको नगरपालिकाले घरभाडा वापत ४८ हजार बढी रुपैयाँ तिर्दै आएको थियाे । अब भवनकाे भाडा बापतकाे याे रकम बचत हुने देखिएकाे छ ।
भवन भ्याट बाहेक ३ करोड २९ लाखमा निर्माण गरिएकाे हाे । नगरपालिकाको भवन निर्माणका लागि बागचाैरका ३३ जनाले जग्गादान र २३ जनाले नगद रकम चन्दा सहयाेग गरेका थिए । उनिहरुलाइ नगरपालिकाले सम्मान समेत गरेकाे छ ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा