माओबादी केन्द्रका उप महासचिव नेता पुनकाे चिनकाे सेनजेनमा उपचार हुदै

माओबादी केन्द्रका उप महासचिव नेता पुनकाे चिनकाे सेनजेनमा उपचार हुदै

मंसिर २२ सेनजेन

आसन्न संघ  प्रदेश सभाकाे निर्वाचन सम्पन्न  भए लगतै गत मंसिर १६ गते चिन प्रस्थान गरेका  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ को चीनकाे सेनजेनमा उपचार सुरु भएको छ।  पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका    नेता पुन लामो समयदेखि जण्डिसबाट पीडित छन उनकाे अहिले  सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको हो ।

विज्ञापन

चौथौ लहरको कोरोना महामारीका कारण चीनमा कडा लकडाउन छ ।

पुन पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले उपचार सुरु भएको र स्वास्थ्यमा सामान्य सुधार आएको बताइन् । नेपालबाट जाँदा जण्डिसको मात्रा (बिलरुबिन) २७ रहेकोमा अहिले घटेर २४ मा आएको जानकारी घर्तीले दिइन् ।

चुनावी धपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरुको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुवई, ग्वान्झाओ हुँदै सेन्जेन प्रस्थान गरेका थिए ।

पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’भनिन्छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता