रामकुमारी झाँक्रीले मतदाता तथा विजयी गाेकर्ण बिष्टलाइ बधाइ दिइन

रामकुमारी झाँक्रीले मतदाता तथा विजयी गाेकर्ण बिष्टलाइ बधाइ दिइन

मंसिर ७ गुल्मी

प्रतिनिधी सभा निर्वाचनरुपमा झिनाे मत्तान्तरले पराजय भएकी रामकुमारी झाँक्री गणतन्त्रकाे सेनानीकाे रुपमा काम गरिन।

विज्ञापन

रक्ताम्य शरिर हुदा पनि निरंकुश एकात्मक राजतन्त्र ढाल्न उनकाे सक्रिय भुमिका रहेकाे छ।

बिद्यार्थी आन्दाेलनबाट नेतृत्वमा पुगेकी झाँक्री प्रतिगमन ढाल्न सक्रिय भूमिका खेलिन।

२०४७ सालमा पृथ्वी मावि गुल्मीबाट अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य हुँदै विद्यार्थी राजनीति प्रारम्भ  गरेकी उनि  विद्यार्थी र महिला फाँटमा विभिन्न भूमिका र नेतृत्वमा रहँदै तत्कालीन एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको १९औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित भइन।

पार्टीका विभिन्न भूमिका रहेर काम गर्दै तत्कालीन एमालेको नवौं राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनि  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य हुन पुगिन

संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा समानुपातिक प्रणालीबाट निर्वाचित  भएकी उनि पहिलाे पटक २०७८ असोज २२ मा संघीय सरकारको सहरी विकासमन्त्री नियुक्त ।

हुदै ८ महिना २० दिन मन्त्री पद सम्हालिन ।प्रमुख राजनीतिक आन्दोलनमा सक्रिय सहभागी  भएकी  उनि राजनीतिक आन्दोलनका क्रममा पटक–पटक प्रहरी हिरासत तथा थुनामा बस्दै आएकी  उनले प्रतिनिधी सभा सदस्य निर्वाचनमा पराजय भएलगतै मतदाता समेक्ष  तथा विजयी उम्मेदवारलाइ शुभकामना दिएकी छिन।

सबैले पढ्नुहाेला 

यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो।
ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी।समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ।
यो साडे दुई दशकमा समाजलाई जसरी Depoliticization (एक प्रकारको गलत प्रयोग) गरीएको रहेछ नि त्यो चाहि लोकतन्त्रको लागि गम्भिर छ।
डर लाग्दो छ। जय र पराजय सामान्य प्रक्रिया हुन। मैले अत्यन्तै सहज रूपमा लिएको छु।
मेरो पक्षमा हजारौ मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधै ऋणी हुनेछु।
यो निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्यहरू।
गठबन्धन दलका नेतृत्वगण र नेता कार्यकर्ता साथिहरू, निर्वाचन सम्पन्न गर्न सहभागी सबै सुरक्षाकर्मी, कर्मचारी मित्रहरू,संवयम सेबक र पत्रकार साथिहरू मेरा समर्थक, शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु।
साथै यो निर्वाचनमा विजयी मेरो आदारयिण दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना।
गुल्मी जिल्लाको समग्र विकाश र समृद्धीको यात्रामा म सधै साथमा रहनेछु।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता