रुपन्देही निर्वाचन क्षेत्र न. ५ मा विद्यार्थीको भेला<br>एमालेले संविधान विरोधी : नेताहरु

रुपन्देही निर्वाचन क्षेत्र न. ५ मा विद्यार्थीको भेला
एमालेले संविधान विरोधी : नेताहरु

रुपन्देही, कार्तिक १९

जनताको ठूलो बलिदान र संघर्षबाट प्राप्त भएको उपलब्धीमाथि नै प्रहार हुन थालेपछि पाँच दलीय गठबन्धन बनाउनुपरेको नेताहरुले बताएका छन् । रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ मा गठबन्धनका विद्यार्थी संगठनहरुले सैनामैनामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेताहरुले संविधान, गणतन्त्र र समावेशिताको रक्षाका लागि गठबन्धन बनाउनुपरेको बताएका हुन । रुपन्देही निर्वाचन क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार भरत कुमार शाहले एमाले अध्यक्ष केपि ओलीले संसद विघटन गरेर संविधान विरोधी काम गरेको टिप्पणी गर्नुभयो ।

विद्यार्थी संगठनको भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्यले आफूहरुको गठबन्धन अग्रगामीहरुको भएको बताउनुभयो । उहाँले एमालेले राजावादीहरुसँग गठबन्धन गरेर प्रतिगमन फर्काउन खोजेको बताउँदै मंसिर ४ गते त्यस्तो शक्तिलाई परास्त गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा निर्वाचन क्षेत्र न. ५ को १ का उम्मेद्वार विनोद पहाडीले गठबन्धनलाई यो पटक हार्ने छुट नभएको बताउँदै युवाहरुलाई सचेत भएर लाग्न अपिल गर्नुभयो ।

त्यस्तै उक्त सभामा नेपाली काँग्रेसका नेता विष्णु पोखरेलले मुलुकको आवश्यकताले गठबन्धन बनेको बताउँदै विद्यार्थीहरुलाई सचेत भएर प्रचारमा खटिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता वकिल मुसलमान, नेपाली काँग्रेस अनिता शाह, नेपाल विद्यार्थी संघका युवराज क्षेत्री, अखिल क्रान्तिकारीका रुपेश पौडेल लगायतले बोल्नुभएको थियो । गठबन्धनका उम्मेद्वारसँग दलित समुदायहरुसँग पनि भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।