नेपाल दलित मुक्ति मोर्चा सैनामैना द्वारा गठबन्धनलाई जिताउन अभियान चलाउने

नेपाल दलित मुक्ति मोर्चा सैनामैना द्वारा गठबन्धनलाई जिताउन अभियान चलाउने

१३ कात्तिक २०७९

सैनामैना – नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा सैनामैना नगर कमिटीले आगामी निर्वाचनमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउने गरि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । संबिद्यानको रक्षा संगै पछाडि परेका वर्ग समुदायको सशक्क्तिकरण र हक अधिकार कार्यान्वयन गराउनका लागि रुपन्देही क्षेत्र न.५ मा संयुक्त बाम लोकतान्त्रिक गठबन्धनका उमेद्धारहरुलाई जिताउनु पर्नेमा जोड दिएका छन् ।

विज्ञापन

राजनीतिक दलहरुले चुनावका बेलामा दलित, महिला, मधेशी सिमान्तकृत तथा लक्षित बर्ग समुदायलाई चुनाब जित्ने भोटरका रुपमा मात्र प्रयोग गर्ने गरेकाले त्यसको अन्त्य हुनका लागि पनि दलित तथा सिमान्तकृत समुदायका व्यक्तिहरुले बिकास ,शुसाशन र पछाडि परेको बर्गको उत्थानका लागि काम गर्ने पार्टी र व्यक्तिलाई भोट हाली निर्वाचित गराउनका लागि टोल टोलमा पुगि सचेतनामुलक चुनावी प्रचारप्रसार गर्ने भएको हो ।

कार्यक्रममा रुपन्देही क्षेत्र न ५ क का प्रदेश सभा सदस्य पदका उम्मेद्धार बिनोद पहाडीले जनताको दैनिक जीवनस्तर सुधारका लागि सञ्चार र मानव अधिकारको क्षेत्रबाट सदैब पहल गरेको बताउनु भयो । उहांले आफु भुई तहबाटै संर्घष गरेर अहिले प्रदेशसभा सदस्य पदको उम्मेद्धारको रुपमा उम्मेद्धारी दिएको बताउदै जनताको प्रत्यक्ष सरोकारका बिषयमा निरन्तर आवाज विहिनहरुको आवाज बन्नका लागि संयुक्त बाम लोकतान्त्रिक गठबन्धनका उमेद्धारहरुलाई जिताउनु पर्नेमा जोड दिनुभयो ।
निर्वाचन पछि समाजमा हुने विविध किसिमका विभेद,अमानवीय गतिबिधि तथा भष्ट्राचार न्युनिकरणका लागि सडक र सरकार दुबै स्थानबाट अभियान सन्चालन गरि सुशासन तथा सबैले अपन्त्व हुने समाज निर्माणमा अगाडि बढ्ने प्रतिबद्धता गर्दै आगामी निर्वाचनमा आफुलाई चुनाब चिन्ह गोलाकार भित्रको हसिया हथौड़ामा मतदान गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रम नेपाल दलित मुक्ति मोर्चा सैनामैनाका अध्यक्ष धन बहादुर बिकको अध्यक्षता ,सन्तोष परियारको स्वागत मन्तव्य तथा सचिब राम बहादुर बिकको सञ्चानमा सम्पन्न भएको थियो ।