भ्रष्टाचार विरुद्धको अभियानमा सदैव कृयाशिल रहने छु : पहाडी

भ्रष्टाचार विरुद्धको अभियानमा सदैव कृयाशिल रहने छु : पहाडी

कार्तिक ११

बुटवल – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् रूपन्देही क्षेत्र नम्बर ५ (क) का प्रदेशसभा सदस्य पदका उमेदवार विनाेद पहाडीले आफू सधैँ भष्ट्राचार विरुद्धको अभियानमा प्रतिवद्द रहेको बताएका छन । रूपन्देहीकाे कन्चन गाउपालिका अन्तर्गत हरैया, गरगरे लगाएतका ठाउँका स्थानिय पार्टी कार्यकता तथा जनभेटघाट कार्यक्रममा बाेल्दै पहाडिले आफू सधै भ्रष्टाचार विरुद्ध र शुशासनको पक्षमा निरन्तर कलम चलाउदै आएकाले आगामी दिनमा त्यसैलाई निरन्तरता दिदै जाने कुरामा जोड दिएका छन ।
जुनसुकै निर्वाचन भन्दा अगाडि पैसाको खोला बगाउने र निर्वाचन जिते पछि सामाजिक काम र परिवर्तनका कुरामा ध्यान दिनु भन्दा पनि नेताहरु चुनाबका बेला लागेको रिन कसरी तिर्न भनी भ्रष्टाचार , कालोबजारि , सेटिङ सन्ङै कमिसनको खेती गर्न तिर ब्यस्त हुने भएकाले त्यसका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताए ।त्यसैले निर्वाचन जितिसकेपछि आफ्नो निर्वाचन क्षेत्र नफर्कने परम्परा रहेकाे उल्लेख गर्दै आफू सधैँ जनताकै साथमा रहने प्रतिवद्धता समेत जनाए ।
भेटघाट कार्यक्रममा पहाडीले पछिल्लो समय देशमा भ्रष्टाचार मौलाउदै गएकाले आफू पैसाले भोट किनेर चुनाब नलड्ने बताउदै भ्रष्टाचार बढ्नुमा राजनीतिक दल र तिनका नेता कार्यकता अनि स्वयम् जनता पनि त्यसको भागेदार रहेको बताए।
आगामी दिनमा भ्रष्टाचार विरुद्धको अभियानमा हातेमालो गर्नका लागि आफुलाई प्रदेशसभा क मा निर्वाचित गर्याउन सबैलाई अपिल गरे । निर्वाचनमा जित हासिल गरेपछी सडक र सरकार दुबै स्थानबाट भ्रष्टाचार विरुद्धको अभियान सन्चालन गरि सुशासन तथा सबैले अपन्त्व हुने सुन्दर समाज निर्माणमा अगाडि बढ्ने प्रबद्दता गर्दै आगामी निर्वाचनमा संयुक्त बाम लोकतान्त्रिल गठबन्धका साझा उम्मेदवार सन्ङै आफुलाई चुनाब चिन्ह गोलाकार भित्रको हसिया हथौड़ामा मतदान गर्न समेत आग्रह गरे ।

विज्ञापन