म सधैँ श्रमजीवीकाे पक्षमा छु : पहाडी

म सधैँ श्रमजीवीकाे पक्षमा छु : पहाडी

कार्तिक ८

सैनामैना

विज्ञापन

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् रूपन्देही क्षेत्र नम्बर ५ (क) का प्रदेशसभा सदस्य पदका उमेदवार विनाेद पहाडीले आफू सधैँ श्रमजीवी जनताकाे पक्षमा रहेकाे बताएका छन । रूपन्देहीकाे सैनामैनामा युवाहरू संगकाे भेटघाट कार्यक्रममा बाेल्दै पत्रिका बाँड्ने हकर हुँदै उमेद्वार हुने अवस्थामा आइपुगेकाे स्मरण गर्दै आम मानिसका समस्याहरूकाे बारेमा जानकार रहेकाे बताए ।

उनले निर्वाचन जितिसकेपछि नफर्कने परम्परा रहेकाे उल्लेख गर्दै आफू सधैँ जनताकै साथमा रहने प्रतिवद्धता जनाए । उनले जनजिविकाकाे विषय आफ्नाे पहिलाे प्राथमिकताकाे बिषय भएकाले गाँस बास र कपासकाे सुनिश्चितता गराएरै छाड्ने बताए । युवाहरूकाे सहभागिता विना कुनै पनि विकास निर्माणका कार्य गर्न गर्न असंम्भव भएकाले युवाहरू संग सहकार्य गर्न सधै तयार रहेकाे बताए । देशमा भ्रष्टाचार माैलाएकाे उल्लेख गर्दै पैसा खर्च गरेर चुनाव जित्ने पक्षमा आफू नरहेकाे उनकाे भनाई थियाे ।