बिकास र समृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धनका उमेदवारलाई जिताउन कार्यकतालाई अपिल

बिकास र समृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धनका उमेदवारलाई जिताउन कार्यकतालाई अपिल

३ कात्तिक २०७९

बुटवल ।

विज्ञापन

संयुक्त गठबन्धनका नेताहरुले आगामी निर्वाचनमा गठबन्धनका उम्मेद्बारहरुलाई जिताउन कार्यकताहरुलाई आग्रह गरेका छ्न । प्रतिगमनको विरुद्ध अग्रगमनका पक्षधरले बाम लोकतान्त्रिक गठबन्धन गर्नु परेको भन्दै ईमान्दार भएर भारी मतले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आजै बाट मन भित्र भएका दिक्तता हटाएर हातेमालो गरि चुनावी मैदानमा होमिनु पर्ने बताए ।

बिहिवार रुपन्देही निर्वाचन क्षेत्र न ५ को प्रचारप्रसार कार्यालयको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा का उम्मेद्बार तथा कांग्रेस नेता भरत कुमार शाहले गठबन्धन दलको उम्मेदवारलाई जिताउन नेता कार्यकता एक भएर जुट्नुपर्ने बताए । गठबन्धन दलका उम्मेदवारको जित सुनिश्चित भएको कारण एमालेका उम्मेदवारहरु आत्तिएको समेत उनले तर्क गरे ।”उहाँहरु हारको मानसिकतामा हुनुहुन्छ धेरै कुरा गर्नु परेन । ” उनले भने-” जनताको आधाभुत आवश्यकता पुरा कसरी गर्न सकिन्छ । बिकास कसरी गर्न सकिन्छ त्यता ध्यान दिनु पर्छ । उनले बिगतमा जनताको समस्या समाधानका लागि आफुले थुप्रै काम गरेका कारण अहिलेको निर्वाचन सहज हुने बताए ।

त्यस्तै प्रदेश सभा निर्वाचन ५(१)का उम्मेद्बार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य बिनोद पहाडीले आफ्नो प्रतिद्वन्दी भुमिस्वर ढकालले हारको मानसिकता देखाएको बताए । ढकालले आफु विरुद्ध झुठा आरोप लगाएको बताउदै आफु हिन्दुको छोरा र धर्म निरपेक्षताको सम्मान गर्ने ब्यक्ती भएको बताए । संविधानको रक्षा , आर्थिक समृद्धि नै गठबन्धन दलको उम्मेदवारको एजेन्डा भएको बताउदै सङ्घियता ,लोकतन्त्र र धर्मनिर्पेक्षताको लागि आफुले आबश्यकताले बन्दुक र निरन्तर कलम चलाउदै आएको बताए ।महिला,दलित, गरिब, सिमान्तकृत तथा लक्षित समुदायको अधिकार र न्यायका लागि आफू सधै सडक र सरकारमा प्रतिपक्षको भुमिका खेलेको दाबी गरे। ब्यबस्था परिवर्तनका लागि आफुले संविधानसभा सदस्य बनेर महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताउदै अब अबस्था परिवर्तन गर्न आगामी निर्वाचनमा भोट दिएर जिताउन आग्रह समेत गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सदस्य बिष्णु पोख्रेल , माओवादी केन्द्रको प्रदेश सद्स्य दिपिका शर्मा , माओवादी केन्द्र सैनामैनाका अध्यक्ष नारायण महत, राजमोका नेता गणेश गौतम, नेकपा एकीकृत समाज बादीका अर्जुन ढकाल देबराज पौडेल, कांग्रेस नेतृ लक्ष्मी आचार्य, कांग्रेसको नगर शभापति रन बहादुर खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।