बुटवलमा एमाले , काङ्ग्रेस पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

बुटवलमा एमाले , काङ्ग्रेस पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

२१ भदौ २०७९

बुटवल – प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिती सार्बजनिक भए सङ्गै स्थानीय स्तरमा राजनीतिक चहलपहल ह्वात्तै बढेको छ ।यसै बिच मंगलबार मात्र बुटवल १७ मोतिपुरबाट कांग्रेस , एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हरुलाइ उक्त पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बरालले स्वागत गरेका थिए ।

विज्ञापन

सो अवसरमा उनले माओवादी केन्द्र मात्र जनताको मनमा बस्न सफल भएकोले प्रवेशको लहर आएको बताए । उनले स्थानीय तहको निर्वाचन देखी नै प्रवेश गर्नेको लहर चलेको बताए ।उनले देशै भरि धुर्बिकरणमा आउने बताए । त्यसै गरि जिल्ला संयोजक नारायण जि सि निर्मलले पार्टीमा आउनु भएकोमा स्वागत गर्दै उचित जिम्मेवारी दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा कृष्ण नेपाली , मित्र लाल भुसाल, भिम लाल तिवारी , कृष्ण नेपाली , कांग्रेसकि आशा नेपाली लगायले माओवादी मात्र जनताको पार्टी भएको बताए । नगर अध्यक्ष महेन्द्र भुसालले बुटवलमा एमाले मा भुकम्प आउने गरि पार्टी प्रवेश हुन लागेको बताए ।