रामापुर नमुना माध्यमिक विद्यालयमा नेपालको चुच्चे नक्सा बितरण
- ई प्रतिबिम्ब
- २०७९ भाद्र १७
- 454 views
भदौ १७, २०७९
सैनामैना । सैनामैनाको रामापुर नमुना माध्यमिक विद्यालयमा नेपालको चुच्चे नक्सा बितरण कार्यक्रम सम्पन्न भएको छ ।
बालबालिकालाई नेपाल चिनाउने अभियान लिएर अघि बढ्नुभएका अभियान्ता ईश्वर अर्यालबाट उक्त विद्यालयमा नेपालको नक्सा बितरण कार्यक्रम सप्पन्न भएको हो ।
सो अवसरमा उहाँले रामापुर नमुना माविका कक्षा ९ र १० गरि करि ३५९ जना विद्यार्थीहरुलाई आफ्नै सौजन्यमा नेपालको चुच्चे नक्सा बितरण गर्नुभएको हो ।
विद्यार्थीसहित उहाँले बिद्यायालयलाई समेत नेपालको नक्सा हस्तान्तरण गर्नुभएको थियो र विद्यालयकोे तर्फबाट प्राचार्य कृष्ण प्रसाद पौडेलले उक्त नक्सा ग्रहण गर्नुभएको थियो ।
नेपाल सरकार नापी बिभागका पुर्व सर्बेक्षक समेत रहनुभएका इश्वर अर्यालले विद्यार्थीलाई नक्साको पा्रयोजन र महत्वमाथी प्रकाश पार्दै नक्साका आधारभुत पक्षहरुको बारेमा समेत जानकारी प्रदान गर्नुभएको थियो ।
उहाँले नक्सा बितरण पश्चात् विद्यार्थीहरु माटो, राष्ट्र र राष्ट्रिय प्रति जिम्मेवार हुनुपर्ने र त्यही भावना अनुरुप आफू यो अभियानमा लागेको बताउनुभयो ।
बिद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले देशको आधिकारिक नक्साबाट बिद्यार्थीको सिकाईमा थप टेवा पुर्याउने कुरा बताउनुभयो भने बिद्यालयका सूचना अधिकारी नन्दराम पोख्रेलले यो अभियानले बिद्यार्थीलाई शैक्षिक सामाग्रीको रुपमा समेत सहयोग पुर्याएको कुरा उल्लेख गर्नुभएको थियो ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्