रामापुर नमुना माध्यमिक विद्यालयमा नेपालको चुच्चे नक्सा बितरण

रामापुर नमुना माध्यमिक विद्यालयमा नेपालको चुच्चे नक्सा बितरण

भदौ १७, २०७९

सैनामैना । सैनामैनाको रामापुर नमुना माध्यमिक विद्यालयमा नेपालको चुच्चे नक्सा बितरण कार्यक्रम सम्पन्न भएको छ ।

विज्ञापन

बालबालिकालाई नेपाल चिनाउने अभियान लिएर अघि बढ्नुभएका अभियान्ता ईश्वर अर्यालबाट उक्त विद्यालयमा नेपालको नक्सा बितरण कार्यक्रम सप्पन्न भएको हो ।

सो अवसरमा उहाँले रामापुर नमुना माविका कक्षा ९ र १० गरि करि ३५९ जना विद्यार्थीहरुलाई आफ्नै सौजन्यमा नेपालको चुच्चे नक्सा बितरण गर्नुभएको हो ।

विद्यार्थीसहित उहाँले बिद्यायालयलाई समेत नेपालको नक्सा हस्तान्तरण गर्नुभएको थियो र विद्यालयकोे तर्फबाट प्राचार्य कृष्ण प्रसाद पौडेलले उक्त नक्सा ग्रहण गर्नुभएको थियो ।

नेपाल सरकार नापी बिभागका पुर्व सर्बेक्षक समेत रहनुभएका इश्वर अर्यालले विद्यार्थीलाई नक्साको पा्रयोजन र महत्वमाथी प्रकाश पार्दै नक्साका आधारभुत पक्षहरुको बारेमा समेत जानकारी प्रदान गर्नुभएको थियो ।

उहाँले नक्सा बितरण पश्चात् विद्यार्थीहरु माटो, राष्ट्र र राष्ट्रिय प्रति जिम्मेवार हुनुपर्ने र त्यही भावना अनुरुप आफू यो अभियानमा लागेको बताउनुभयो ।

बिद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले देशको आधिकारिक नक्साबाट बिद्यार्थीको सिकाईमा थप टेवा पुर्याउने कुरा बताउनुभयो भने बिद्यालयका सूचना अधिकारी नन्दराम पोख्रेलले यो अभियानले बिद्यार्थीलाई शैक्षिक सामाग्रीको रुपमा समेत सहयोग पुर्याएको कुरा उल्लेख गर्नुभएको थियो ।