दाङमा चट्याङ्ग लागेर २जनाकाे मृत्यु १३ जना घाइते

दाङमा चट्याङ्ग लागेर २जनाकाे मृत्यु १३ जना घाइते

१५ भदौ दाङ।

दाङमा मंगलबार चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।

विज्ञापन

मंगलबार बेलुका घोराही उपमहानगरपालिका-१२, गुर गाउँमा  चट्याङ लागेर दुई जनाको मृत्यु हुदा १३ जना घाईते भएका हुन।

यस्तै ,चट्याङ लागेर १२ जना घाइते भएको प्रारम्भिक रिपोर्ट आफू कहाँ आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

बुधबार  बिहान १२ नम्बर वडाध्यक्ष दोणर्बहादुर बहकरी क्षेत्रीले घटनाबारे जानकारी गराए लगत्तै प्रहरी घटनास्थलतर्फ प्रहरी घटनास्थल तर्फ गएको तर फोन सम्पर्क हुन नसकिरहेको हुँदा विस्तृत विवरण आउन अझै  डेढ घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता