सल्यानमा एम्बुलेन्स चलाकद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग

सल्यानमा एम्बुलेन्स चलाकद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग

१३, भदौ सल्यान

सल्यानमा एम्बुलेन्स चलाकद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग प्रदान गरिएकाे छ।
जिल्लाको शारदा नगरपालिका १५ का दुवै मृगौला पीडित सञ्जय केसीलाई संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ सल्यानले आर्थिक सहयोग संकलन गरेर आइतवार हस्तान्तरण गरेको हो ।

विज्ञापन

संघका जिल्ला अध्यक्ष ओम बहादुर जिसीले पीडित केसीका बुवा सुकलाल खत्रीलाई ३० हजार ५ सय ६० रुपैँया हस्तान्तरण गरेका हुन।

जिल्लामा रहेका सम्पूर्ण एम्बुलेन्स चालक, ग्यारेज तथा अन्य व्यक्तिहरूबाट संकलन गरिएको रकम हस्तान्तरण गरिएको अध्यक्ष जिसीले बताए।

पीडित परिवारको लागि केही राहत होस् भन्ने हेतुका साथ रकम संकलन गरेर हस्तान्तरण गरिएको जिसीले बताए ।

सहयोग रकम बुझ्दै खत्रीले दुख परेको बेला विभिन्न व्यक्तिहरूबाट रकम संकलन गरेर सहयोग गरेको भन्दै संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघलाई धन्यवाद दिए।

उनका अनुसार अहिले संञ्जयकाे वीर अस्पताल काठमाडौंमा उपचार भैरहेको छ ।

२६ वर्षीय छोराको उपचारको लागि हालसम्म करिब १८ लाख रुपैयाँ खर्च भइसकेको बताउ उनले बताए ।

सहयोग रकम हस्तान्तरणको अवसरमा संघका जिल्ला सचिव मूकेश थापा, कोषाध्यक्ष दिनेश खत्री लगायतको सहभागिता रहेको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता