दाङमा गाडीले किचेर सल्यानका ८४ वर्षीय बृद्धाकाे मृत्यु

दाङमा गाडीले किचेर सल्यानका ८४ वर्षीय बृद्धाकाे मृत्यु

भदौ ११, दाङ ।
दाङमा बसले किचेर सल्यानका एक वृद्धाको मृत्युु भएको छ ।

रुकुम पश्चिमबाट तुलसीपुर आएको ना ३ ख ४४०० नं. को यात्रु बहाक बसले सोही बसबाट झरेका सल्यान बागचौर नगरपालिका वडा नम्बर ५ का ८४ वर्षीय भिम बहादुर भण्डारीलाई किचेर मृत्यु भएको हो ।

विज्ञापन

भण्डारी सल्यानबाट सोही बसमा चढेर तुलसीपुर आएका थिए ।

शुक्रबार बेलुका ६ बजे तुलसीपुरको बिरेन्द्र चोक नजिकै बसबाट झर्न बित्तिकै बस गुडेपछि उनलाई किचेको इलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ ।

बसलेे किचेर घाइते भएका भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि नेपालगन्ज लिने क्रममा बाटोमा मृत्युु भएको हो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता