राष्ट्रिय भुमि आयाेगले काम थालनी गर्न स्थानिय तह संग कार्यसहमतिमा हस्ताक्षर तथा अभिमुखिकरण
भाद्र ६सल्यान
राष्ट्रिय भुमि आयाेगले सल्यान जिल्लाका १० स्थानिय तह सग काम थालनी गर्न स्थानिय तह संग कार्यसहमतिमा हस्ताक्षर तथा अभिमुखिकरण कार्यक्रम सल्यान खलंगामा सम्पन्न गरेकाे छ।
नेपाल सरकारले भुमिबिहिन दलित तथा घरबार बिहिन समुदायलाइ एक पटक जग्गा उपलब्ध बनाउने संबिधामा नै ब्यबस्था गरेकाले राष्ट्रिय भुमिआयाेगले सल्यानका १० स्थानिय तह संग काम थालनीका लागि कार्यसहमतिमा हस्ताक्षर तथा अभिमुखिकरण गरेकाे हाे ।
राष्ट्रिय भुमि आयाेगका सदस्य दाताराम खनालले कर्णालीमा भुमि सम्बन्धी काम गर्न स्थानिय तहबाटै बास्तबिक भुमिबिहिन समुदायकाे पहिचान गर्न सके आयाेगलाइ काम गर्न सहज हुने भएकाले आयाेगले दिएकाे फारम भर्न बिज्ञ तथा दक्षता भएका ब्यक्तिलाइ स्थानिय सेवा केन्द्र बनाइ काम मा सहजता बनाउन आग्रह गरेका छन।
स्थानिय निकायले नै बास्तबिक भुमि बिहिानकाे पहिचान गर्न सक्ने भएकाले राष्ट्रिय भुमि आयाेगले स्थानिय सरकारलाइ अधिकार समपन्न हुने गरी कार्यबिधी बनाएकाे बताए।
खनालले बास्तबिक सुकुम्वासी हाे हाेइन भनेर चार आधार तयार पारेकाले फर्म भर्ने ब्यक्तिले जग्गा नभएकाे स्वघाेषणा गर्ने
कुनै श्राेत बाट जग्गा पाउने अबस्था नभएकाे निजि आयश्राेतबाट जग्गा जमिन जाेड्न नसक्ने तथा नेपाल सरकारबाट तथा अन्य कुनै पनि निकायबाट जग्ग नपाएकाे स्वघाेषण भएकाे निबेदन आएमा एक पटक जग्गा उपलब्ध बनाउनकाे लागि स्थानिय तहले सिफारिस गर्नु पर्ने बताए।
भु उपयाेग ऐनले कृषि भुमिकाे संरक्षण गर्ने निती लिएकाले भुमि उपलब्ध गराउदा प्रति ऐलानी ऐलानी र सार्वजनिक स्थाल तथा नदि तटिय क्षेत्र भन्दा बाहिरकाे जग्गा उपलब्ध बनाउन सक्ने बताए।
राष्ट्रिय भुमि आयाेग सल्यानका अध्यक्ष बिर बहादुर सेजुवालकाे अध्यक्षता बिज्ञ सदस्य कल्पना सेजवालकाे स्वागत मन्तब्य बाट सुरु भएकाे कार्यक्रममा प्रखुम अतिथी टेक बहादुर बस्नेत रहेका कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख बेलाराम रावल उप प्रमुख असुबिर बढाथाेकी प्रमुख जिल्ला अधिकारी बिपिन आचार्य शारदा नगरपालिका प्रमुख प्रकास भण्डारी दार्मा गाउपालिका अध्यक्ष निम बहादुर केसी छत्रेश्वरी अध्यक्ष ओजबहादुर बुढाथाेकी कपुरकाेट अध्यक्ष दुर्गा पुन कालिमाटी अध्यक्ष दान बहादुर खत्री त्रिबेनी गा पा अध्यक्ष खिम बहादुर रावत शारदा नगर उपप्रमुख सुस्मिता सापकाेटा सुनार बागचाैर उप प्रमुख सुम्निमा डिसी बनगाढ कुपिन्डे नगर उप प्रमुख पुरुषाेत्त भट्टराइ दार्मा उपाध्यक्ष जुना मल्ल कुमाख उपाध्यक्ष लाल बहादुर रावत तथा त्रिबेनी उपाध्यक्ष सिता खडका पुन काे बिशेष उपस्थिती रहेकाे थियाे।
प्रतिकृया दिनुहोस्