जय महाकाल युवा समूह सैनामैना नगर शाखा कमिटी गठन

जय महाकाल युवा समूह सैनामैना नगर शाखा कमिटी गठन


बुटवल – जय महाकाल युवा समूह द्वारा सैनामैनामा संस्थाको नगर शाखा गठन कार्यक्रम सम्पन्न गरेको छ । सैनामैना नगरपालिका वडा न. ६ को कालमोचन शिवालय मन्दिर परिसरमा मा भएको उक्त भेलाले ३जना सल्लाहकार सहित सागर लम्सालको अध्यक्षतामा २१जनाको कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा जमुना बन्जाडे आचार्य,सचिव सुनील चौधरी,सह सचिव सीता दर्नाल,
कोषाध्यक्ष बिबेक पोख्रेल सहित सदस्यहरुमा सुमित्रा परियार,अमृता थारू, बिपना भुषाल,रूदल मल्लाज,प्रदीप भुषाल, खगेन्द्र न्यौपाने,विराज घिमिरे, विशाल पौडेल, बालकृष्ण भण्डारी,सागर अर्याल,गीता दर्जी, कमला सुनार,सागर अधिकारी रहेका छन भने संस्थाको सल्लाहकारहरु
टेक प्रसाद बस्याल,शिवलाल न्यौपाने,महेश काफ्ले संरक्षकहरु सीता गौतम, रवि आचार्य, रूपेश यादव, भोला पौडेल
प्रेस सल्लाहकार अम्बिका परियार, अमृता थारू, समिक्षा शेर्पाली चयन भएका भएका छन । कार्यक्रमका प्रमुख अतिथि कालमोचन शिवालय मन्दिर ब्यबस्थापन समिति सदस्य टेक प्रसाद बस्यालले भोकालाई भोजन प्यासिलाई पानी भन्ने मुल उद्देश्यले सैनामैनामा जय महाकालले शाखा बिस्तार गरेको मा खुखी ब्यक्त गर्दै आगामी दिनमा सस्था सङ्ग सहकार्य गरेर नगर भित्र कुनै पनि ब्यक्ति भोकै प्यासी छन भने उनिहरुको उद्वारका लागि एकजुट भएर काम गर्ने बताए । सैनामैना नगरपालिका भित्रका ४० जना युवाहरूको सहभागिता रहेको थियो भने जय महकाल युवा समूहकि केन्द्रिय प्रतिनिधि सीता गौतमको सयोजनमा भएको उक्त कार्यक्रम रूपेश यादबको सन्चालनमा सम्पन्न भएको थियो