नेता लाेकपाल के सी बागचाैर १० माेखलामा मृत फेला

नेता लाेकपाल के सी बागचाैर १० माेखलामा मृत फेला

श्रावन १९ सल्यान

नेपाल कम्युनिष्ट पार्टी सल्यानका बिशेष समिती सदस्य बागचाैर नगरपालिका वडा नं १० मा मृत फेला परेका छन।

विज्ञापन

पार्टीको विशेष कमिटीका सदस्य, पूर्व जिल्ला इन्चार्ज तथा जिल्ला नेता लोकमान केसी(लोकपाल) बिहीबार बिहान माेखलमा मृत फेला परेका हुन् ।

छत्रेस्वरी गाउँपालिका–४ भिम्पे ठूलीखर्क घर भएका उनी बागचाैर नगरपालिका–१० मोख्ला नजिकै धान खेतमा मृत भेटिएका हुन् । झोला बोकेका उनी धान खेतमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए ।

केसी मृत अवस्थामा फेला परेको खबर पाएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

मोख्लाबाट स्यानीखालतिर जाने क्रममा भीरबाट लडेको जस्तो देखिएको भए पनि घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

घटनाको अनुसन्धान लगत्तै मृत अवस्थामा फेला परेका नेता केसीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको उनको भनाई छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता