गोरखनाथ सामुदायिक सिकाई केन्द्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न

१४ साउन २०७९

अम्बिका परियार

विज्ञापन

सैनामैना – सैनामैना नगरपालिका – ६ मा रहेको गोरखनाथ सामुदायिक सिकाई केन्द्र द्वारा संचालित महिला बिधालयको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लवअफ बुटवल भृकुटी टाउन , लायन्स क्लवअफ बुटवल भृकुटी टाउन मनकामना, लायन्स क्लवअफ बुटवल डायनामिक टुरिजम , लियाे क्लब अफ तिलाेत्तमा काे संयुक्त अायाेजना तथा गोरखनाथ सामुदायिक सिकाई केन्द्रको समन्वयमा अाप लिची लगाएतका फलफूलका विरूवाहरू लगाईएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिकाका नगर प्रमुख फणीन्द्र प्रसाद शर्माले बाताबरण संरक्षण गर्न सके जिवित जुन सुकै प्राणीलाई सकारात्मक फाईदा पुग्ने बताउनु भयो ।शहरको कोलाहलबाट मानिसहरु दैनिक केही समयका लागि सान्त र हरियाली कोलाहल मुक्त हुन प्रकृतिसङ्ग रमाउन चाहाने भएकाले पनि पर्यटन विकासका लागि जोड दिनु पर्नेमा जोड दिनु भयो ।जलवायु परिवर्तनले बाताबरणमा नकारात्मक असर पारेको भन्दै शर्मा वातावरण जोगाउनका लागि रुख रोपेर मात्रै हुदैन अब त्यसको संरक्षणका लागि स्थानीय सबैले पहल गर्नु पर्ने बताउदै वृक्षारोपणका लागि सहकार्य गर्ने संघ सस्थाहरुलाई आगामी दिनमा सामाजिक कार्यका लागि नगर सङ्ग हातेमालो गर्न आव्हान समेत गर्नुभयो ।

विशिस्ट अतिथि डिस्ट्रिक चिफ ला. शाेभाखर पाेख्रेलले लाईन्स क्लबहरुले सेबा नै धर्म भएकाले, सेवा सुबिधाको पहुच बाट टाढा रहेकाहरुलाई सहयोग गर्ने उद्देश्यले नै सामाजिक क्षेत्रमा काम गर्ने गरेको बताउनु भयो । आफुले कमाएको रकमको केही प्रतिशत समाजमा पछाडि परेका ब्यक्ती र समुदायलाई दिई उनीहरुको उत्थानको कार्यमा लगाउन पाउनु आफुहरुको सौभाग्य भएको बताउदै महिलाहरुले सन्चालन गरेको महिला बिधालयमा वृक्षारोपण गर्न पाउँदा खुसी लागेको बताउदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा राख्नु भयो ।

कार्यक्रमका अध्यक्ष लता खडकाले बाताबरण संरक्षण तथा स्थानीय पर्यटनलाई प्रवन्धन गर्नका लागि पनि बृक्षारोपण काॠ अति आबश्यक रहेको बताउनु भयो ।शिक्षित नगर बनाउन,महिला सशक्तीकरण र बिशेषकारणले पढ्न नपाएका महिलाहरुका लागि बिधालयको स्थापना सङ्गै पढ्ने ब्यबस्था मिलाउन नगरपालिकाले महत्त्वपूर्ण भुमिका खेलेको भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्दै आमा शिक्षित हुने हो भने सिङ्गो परिवार नै शिक्षित हुने भएकाले शिक्षाको पहुँचमा सबैलाई पुर्याउने कार्यमा सहयोग गर्न नगरवासी सबैलाई आग्रह समेत गर्नु भयो ।

वृक्षारोपण कार्यक्रममा सैनामैना नगरपालिका वडा न. ६ का वडा अध्यक्ष गाेपाल पाेख्रेल तथा कार्यपालिका सदस्य,वडा सदस्यहरु,महिला विद्यालयमा अध्यन गर्ने बिद्यार्थीहरू ,शिक्षक र व्यवस्थापन समितीका सदस्यहरू , स्थानिय युवा क्लवका अध्यक्ष तथा प्रतिनिधि ज्यू , विभिन्न क्लवका जाेन चियर पर्सन , डिस्ट्रिक चियर पर्सन , संथापक अध्यक्ष, निबर्तमान अध्यक्ष र तिनवटै लायन्स क्लवका अध्यक्ष तथा सदस्यहरू , पत्रकार , अामा समुह , स्थानियवासिहरू,सैनिक २ न. तालिम गणका आर्मी जवानहरु लगाएतको उपस्थिति रहेको उक्त कार्यक्रममा फलफूलकाे संरक्षण गर्नकाे लागि जिम्मेवारी स्थानिय मलमला अामा समूहका अध्यक्ष प्रेमकला सिन्जापतिले लिनुभएको गोरखनाथ सामुदायिक सिकाई केन्द्रकि परिचालिका सिर्जना पौडेलले जानकारी दिनु भयो ।