स्वास्थ्यकर्मी द्धारा जन्मदिनकाे अबसरमा शैक्षिक समाग्री वितरण

स्वास्थ्यकर्मी द्धारा जन्मदिनकाे अबसरमा शैक्षिक समाग्री वितरण

सल्यान श्रावन १३

सल्यानमा स्वास्थ्यकर्मी द्धारा जन्मदिनकाे अबसरमा शैक्षिक समाग्री वितरण गरिएकाे छ।

स्वास्थ्यकर्मी महेश कुमार रोकायले जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन ।

रोकायले आफ्नो जन्मदिनको अवसरमा सल्यानको दार्मा ६ मा रहेको सिद्धार्थ आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।

जन्मदिनकाे अवसरमा आफुले अध्ययन गरेको पूर्व विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई सो सामग्री वितरण गरिएको बताएका छन।

स्वास्थ्यकर्मी रोकायले विद्यालयमा अध्ययरत गरिब, विपन्न तथा जेहेदार विद्यार्थीहरुलाई कलम, कपी, लगायतको सामग्री हस्तान्त्रण गरेको थिए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता