दलित सेवा संघ दाङकाे आयाेजनामा बबईमा बाल क्लव गठन

दलित सेवा संघ दाङकाे आयाेजनामा बबईमा बाल क्लव गठन

दाङ असार ८

दलित सेवा संघकाे आयाेजनामा दाङकाे बबई गाउँपालिकामा बाल क्लव गठन गरिएकाे छ।

विज्ञापन

दलित सेवा संघको आयोजना तथा बबइ गाउपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखाको आर्थिक सहयोगमा वडा नं १ गङ्गटेमा बाल क्लबहरुको गठन गरिएकाे हाे।

सह सचिव सन्तोष चनाराको अध्यक्षतामा भएको कार्यक्रममा सरस्वती जनता माबिका निमित्त प्रअ प्रदिप बुढाको प्रमुख आथित्यता तथा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष प्रतिमा डागी को बिशिस्ट आथित्यतामा २५ सद्स्य वडा स्तरीय शरस्वती बाल क्लब गठन गरिएकाे छ ।

जसको अध्यक्ष सुनिता कवर,उपाध्यक्ष सर्बन बिक,सचिब धनसरी थापा,सह सचिब सोनिया बिक,कोशाध्यक्ष प्रेन्का ओलि चयन भएका छन।

५६ जनाकाे सहभागी रहेकाे कार्यक्रममा वालिकाको हक अधिकार स्थापित गर्ने र बाल बालिकालाई सङगठित गरि नियमित बिधालय जान प्रेरित गर्ने उद्धेश्यले सञ्चालन गरेकाे कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष परियारले गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता