सल्यानमा वनक्षेत्र अतिक्रमन गरी बनाएका घर टहरा हटाइयाे

सल्यानमा वनक्षेत्र अतिक्रमन गरी बनाएका घर टहरा हटाइयाे

सरिता चलाउने असार ८,सल्यान 

सल्यानको कपुरकोटमा बनक्षेत्र अतिक्रमन गरी बनाएका घर टहरा हटाइएकाे छ।

विज्ञापन

डिभिजन वन कार्यालय सल्यानले कपुरकोट गाउँपालिका वडा ३ को बजार क्षेत्रमा १० वर्ष देखि  वन क्षेत्र अतिक्रमण गरी बनाएका ९ वटा घर टहराहरू हटाएको हो ।

काफलनेटी सामुदायिक वन क्षेत्र भित्र वन क्षेत्र ० दशमलव २९ हेक्टर क्षेत्रफलमा  अतिक्रमण गरी निर्माण गरिएका घर टहरालाई वन रक्षक, सशस्त्र प्रहरी टोली परिचालन गरी  हटाइएकोको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ   ।

कार्यालयबाट पटक पटक जग्गा खाली गर्नको लागी सूचना टाँस गरे पनि स्थानीयले अटेर गरेपछि  बाध्य भएर सुरक्षाकर्मीको सहयोग लिएर टहरा भत्काएको कार्यालयले जनाएको छ ।

गत जेठ ५ गते पत्राचार गरेको र २५ गते सूचना निकाले पनि बेवास्ता गरेपछि संरक्षणका लागि प्रहरी, प्रशासन र कपुरकोट गाउँपालिकाको सहकार्यमा ऐलानी जग्गा अतिक्रमण गरी बनाएको टहरा भत्काएको डिभिजन वन प्रमुख रमेशकुमार गिरीले बताउनु बताए ।

राप्ती राजमार्गको छेउमा रहेको र हाल काफलनेटी सामुदायिक वनको स्वामित्वमा रहेको ऐलानी जग्गा मासिने खतरा बढेकाले सुरक्षाकर्मी तथा डोजर प्रयोग गरेर टहरा भत्काएको उहाँले बताउनु भयो ।

७० साल अघि विद्यालयले उक्त जग्गा खारेर टहरो बनाई ३ वर्ष विद्यालय सञ्चालन गरेको थियो ।

विद्यालय नयाँ भवनमा सरेपछि केही आर्थिक सङ्कलन हुने नाममा मासिक १० हजार भाडामा विद्यालयले जागेश्वर गिरीलाई होटेल व्यवसाय गर्न अनुमति दिएको थियो । गिरीले होटेल सँगै बाँकी अन्य टहरा निर्माण गरी अरूलाई भाडामा लगाएका थिए । 

विद्यालयले भाडामा दिएपछि २०७० देखि होटेल व्यवसाय गर्दै आएको जागेश्वर गिरीले बताउनु बताए  ।

कालिमा मावि कपुरकोटका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मीनबहादुर सेनले ऐलानी जग्गा संरक्षणका लागि स्थानीयले बैठक बसेर विद्यालयलाई जिम्मा दिएको र अरू कसैले अतिक्रमण गरी दुरुपयोग नगरोस भनी जागेश्वर गिरीलाई भाडामा दिएको बताउनु बताए  ।

जिल्लाका अन्य क्षेत्रमा पनि क्रमैसँग कानुन अनुसार वन क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरहरू हटाउँदै जाने समेत डिभिजन वन प्रमुख गिरीले बताए  ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता