औषधि ब्यबसायीहरुका लागि औषधि ब्यबस्थापन सम्बन्धि ३५ दिने तालिम सुर्खेतमा सञ्चालन

औषधि ब्यबसायीहरुका लागि औषधि ब्यबस्थापन सम्बन्धि ३५ दिने तालिम सुर्खेतमा सञ्चालन

८ असार २०७९ सुर्खेत

कर्णाली प्रदेशका १० जिल्लाका औषधि ब्यबसायीहरुका लागि औषधि ब्यबस्थापन सम्बन्धी ३५ दिने तालिम प्रदेश राजधानी सुर्खेतमा सञ्चालन गरिएकाे छ।

विज्ञापन

कर्णाली प्रदेश सरकार भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय कृषि तथा पशुपन्छी ब्यबसाय प्रबर्द्धन प्रशिक्षण केन्द्र बिरेन्द्रनगर सुर्खेतको आयोजनामा उक्त तालिम आयाेजना गरिएकाे हाे।

३५ दिन सम्म सञ्चालन हुने तालिमकाे प्रदेश सरकार भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री माननीय चन्द्रबहादुर शाहीले उद्धघाटन गरेका थिए।

मन्त्रालयका सचिब डा.लेखराज दाहालकाे विशेष उपस्थितिमा कृषि क्षेत्रका बिज्ञहरुको उपस्थिति रहेकाे तालिममा कर्णाली प्रदेशका १० जिल्लाका २४ जना औषधि ब्यबसायीहरुको सहभागितामा रहेकाे तालिम असार ७ देखी श्रवान १० गते सम्म सन्चालन हुने बताइएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता