सल्यानमा जिप दुर्घटना  एक जनाकाे मृत्यु ६ जना घाइते

सल्यानमा जिप दुर्घटना एक जनाकाे मृत्यु ६ जना घाइते

इन्द्र बुढाथोकी असार ४,सल्यान 
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ४ देउलीमा जिप दुर्घटना भएको छ ।

 भे १ ज १०२१ नम्बरको जिप सल्यान बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा दुर्घटना भएको हो ।

दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ भने छ जना घाइते भएका छन।

मृत्यु हुनेमा बनगाड कुपिन्डे नगरपालिका ४ डाेप्के निवासी ३५ बर्षिय माेतीलाल बुढाकाे उपचारकाे क्रममा मेहलकुना अस्पतालमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

घाइते ६ जनाकाे मेहलकुना अस्पतालमा उपचार भइरहेकाे र अबस्था सामान्य रहेकाे बताइएकाे छ।
बनगाड कुपिण्डे ४ देउलीबाट  सोही वडाको डोप्के विवाहको जन्ती लिएर घर फर्केदै गर्दा जिप दुर्घटना भएको बताइएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता