सिद्धकुमाख गाउँपालिकामा ५ सय बढीले स्वास्थ्य सेवा लिए
असार ४ गते सल्यान
सल्यानको शिद्धकुमाख गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् ।
गाउँपालिकाको आयोजना र सिटी हस्पिटल दाङको सहकार्यमा भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ५ सय ७४ मध्ये सय ९४ जना महिला र १ सय ८० जना पुरुषले स्वास्थ्य सेवा लिएको गाउँपालिकाले जनाएको छ ।
६ जना विशेषज्ञ डाक्टरहरूले उपचार सेवा दिएकाे शिविरमा हाड जोर्नी, नसा, नाक कान, घाटी, आँखा,मधुमेह र स्त्री रोगका बिरामीले निःशुल्क स्वास्थय सेवा लिएका छन ।
शिविरमा आउने बिरामीका लागि निःशुल्क स्वास्थ्य परामर्श, औषधि, ल्याब तथा भिडियो एक्स-रे लगायतका सेवा उपलब्ध गराइएका गाउँपालिकाले जनाएको छ । शिविरमा ४ वर्षीय बालबालिका देखि किशोर किशोरी र ८० वर्षका बृद्धबृद्धाले समेत सेवा लिएका छन् । निःशुल्क स्वास्थ्य सेवा लिन पाउँदा नागरिक खुसी भएका छन् ।
निःशुल्क स्वास्थ शिवर उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम गाउँपालिका अध्यक्ष भरत गीरी उपाध्यक्ष राम बहादुर बस्नेतकाे उपस्थिती रहेकाे थियाे।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा