दार्मामा बहुसराेकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रकास शर्मा, असार २ सल्यान
दार्मा गाउँपालिका सल्यानमा बहुसराेकारवाला संग अन्तरक्रिया कार्यक्रम समपन्न भएकाे छ।
दार्मा गाउँपालिका सल्यानकाे आयाेजनामा गाउँपालिकाकाे आर्थिक बर्ष २०७९/२०८० काे निति तथा कार्यक्रम सम्बन्धि छलफल गर्न बहुसराेकारवाला संग अन्तरक्रिया कार्यक्रम गाउपालिकाकाे सहिद स्मृति सभाहलमा सम्पन्न भयकाे हाे।
दार्मा गाउपालिका स्तरमा रहेका राजनीतिक दल ,सरकारी तथा गैर सरकारी संघ संस्था सहकारी ,वन वाताबरण,समुह समिति उद्याेग बजार ब्यबस्थापन समिति हरुकाे प्रतिनिधित्व रहने गरी बहुसराेकारवाला कार्यक्रम आयाेजना गरिएकाे हाे।
गाउपालिकाका अध्यक्ष निमबहादुर के सी काे अध्यक्षतामा संचालन गरियकाे गाेष्टि काे सहजिकरण प्रमुख प्रशासकिय अधिकृत रेशम वलीले गरेका थिए।
जिल्ला समन्वय समिती सल्यानका उप प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि असबिर बुढाथाेकि गाउँपािलका उपाध्यक्ष ,जुना मल्ल वडा अध्यक्ष हरु पार्टि प्रतिनिधि हरु काे उपस्थिमा अन्तरकृया कार्यक्रम सञ्चालन गरिएकाे थियाे।
अध्यक्ष निम बहादुर केसीले आर्थिक बर्ष ०७९/८० काे बजेटमा समेटिएका निती तथा पंवाधानका बारेमा प्रस्ट पारेका थिए।
याेजना प्रमुख खुम बहादुर केसि ले गत ५ वर्ष काे प्रगति विबरण पेश गरेका थिए। सहभागी सराेकारवालाहरुले ०७९/०८० काे बजेट तथा निति कार्यक्रम मा स्थानिय उत्पादनमा जाेड दिनुपर्ने , आयतमा निरुत्साहित र निर्यातमा वृद्धि ,कृषीमा अधुनिकिकरण, बेराेजगारी समस्या हल गर्न युवालाई उत्पादनमा जाेड्ने,शिक्षामा एकिकृत याेजना लागु गर्नु पर्ने ,दार्माकाे मुकाम फारुला सम्म बाह्रै महिना यातायात सुविधा हुने गरि सडक स्तरउन्नति गर्ने कार्यक्रमलाइ निती तथा बजेटमा प्रथमिकता दिनु पर्ने बताएका थिए।
शुसासन सहितकाे दार्मा निर्माण गर्न कर्मचारी तथा जनप्रतिनिधीहरुले मुस्कान सहितकाे सेवा प्रवाह गर्न सुझाएका थिए।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा