ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
छत्रेश्वरीमा शैक्षिक सुधारका लागी एक दिने अन्तरक्रिया

छत्रेश्वरीमा शैक्षिक सुधारका लागी एक दिने अन्तरक्रिया

जेठ २५ सल्यान

छत्रेश्वरी गाउँपालिकाका शैक्षिक मुद्धाहरु सामाधान गर्न एक दिने अन्तरक्रिया कार्यक्रम गाउपालिकाकाे कार्यलय भाेटेचाैरमा सम्पन्न भएकाे छ।

विज्ञापन

छत्रेश्वरी गाउपालिकाका शैक्षिक मुद्धाहरु सामाधान गर्ने उदेश्यले शैक्षिक सराेकारवाला तथा कर्मचारीको भुमिका महत्वपुर्ण भएकाले पालिका भित्रका बिद्यालय कर्मचारी, बालबिकास शिक्षक, लेखापालहरु,र जनप्रतिनिहरुको बिचमा अन्तरक्रिया गरिएकाे हाे।

अन्तरक्रिया कार्यक्रमा गाउपालिकाकाे आव ०७९ /०८० को बजेटमा शिक्षा क्षेत्रलाइ सुधार गर्नमात्रै नभइ गुणस्तरिय बनाउन बजेट तथा शिक्षा नितीमा केही सुधार गर्न परे कस्ता याेजना समावेश गर्न सकिन्छ शिक्षालाइ सुधार गर्न याेजना सहितकाे बजेट निमार्णका लागी अन्तरक्रिया कार्यक्रम आयाेजना गरिएकाे सामाजिक बिकास समिती संयाेजक फाैद बहादुर बस्नेतले जानकारी दिए।

विगतकाे सरकारले छत्रेश्वरीकाे शिक्षालाइ सुधार गर्न पर्यत्न गरे पनि राजनितिक दवावका कारणले कतै बिद्यालय शिक्षक भरीभराउ कतै खाली हुने समस्याबाट मुक्त गर्ने याेजनाका साथ गाउ सरकारले निती तथा वजेट ल्याउनु पर्ने कार्यक्रमका सहभागीहरुले सुझाएका थिए।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अथिती गाउपालिका अध्यक्ष ओजबहादुर बुढाथाेकीले शिक्षा क्षेत्रलाइ सुधार गर्न कुनै कुसुर वाँकी नराख्ने बताएका थिए। छत्रेश्वरीकाे शैक्षिक अबस्था बारे पालिकाका केही बिद्यालय अनुगमन गरेकाे र अनुगमनमा बिद्यालयमा शिक्षक दरवन्दी अभाव भएकाे गुनासाे स्वयं बिद्यार्थीले गरेकाले यस बिषयमा गम्भिर भएकाे र नतिजामुखी काम गर्न सरकार लागी परेकाले यसमा कर्मचारीले सघाउनु पर्ने बताए।

यस्तै बिशिष्ट अथिती पालिका उपाध्यक्ष बुद्धा कुमारी खत्रीले शिक्षा क्षेत्रलाइ राजनिती गर्ने थलाे वनाएर केही शिक्षकले सुबिधा र सेवा लिएकाे र बिद्यार्थीकाे भविष्यमा राजनिती गरेकाले यस्ताे कार्य राेक्न गाउपालिकाले कठाेर कदम चाल्ने बताइन।

टोपेन्द्र पुनकाे अध्यक्षतामा भएकाे अन्तरक्रिया कार्यक्रमा पालिका भित्रका बिद्यालय कर्मचारी, बालविकास शिक्षक, लेखापालहरु लाइ बिगतकाे सरकारले असमान ब्यबहार गरकाले समान कामकाे समान ज्याला दिनु पर्ने माग सहित गाउपालिका अध्यक्ष ओजबहादुर बुढाथाेकीलाइ ज्ञापनपत्र पेश गरेका थिए।