सैनामैना–२ मा गठबन्धन उम्मेदवारहरु घरदैलो अभियान शुरु
- epratibimba .com
- २०७९ बैशाख १८
- 560 views
१८बैशाख २०७९
अम्बिका परियार
सैनामैना —संयुक्त गठबन्धन सैनामैना नगरपालिका वडा नम्बर २ ले आइतबार देखि औपचारिक रुपमा घरदैलो अभियान सुरु गरेको छ ।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन तर्फ सैनामैना–२ का वडा अध्यक्ष उम्मेदवार प्रेम कुमार शर्मा (सागर) सहित वडा सदस्य उम्मेदवार, नेता, कार्यकर्ताहरु टोल टोलमा चुनावी प्रचार प्रसार सहित घरदैलो अभियानमा जुटेका छन् ।वडामा घरदैलो तथा मतदातासंगको भेटघाटमा अघिल्लो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले विकासका आश्वासन मात्र बाडेर बाटोघाटोको समस्या, नागरिकताका समस्या, बाढीले डुवान क्षेत्रको समस्या समाधानमा कुनै ठोस काम गर्न नसकेको र विकासका नाममा भ्रष्टाचार भएको वडाबासीहरुले गुनासो गरेको वडा अध्यक्ष उम्मेदवार प्रेम कुमार शर्माले बताउनुभयो ।
राजनीतिलाई पेशा होइन, सेवा गर्ने अठोटका साथ चुनावी मैदानमा उत्रिएका वडा अध्यक्ष उम्मेदवार प्रेम कुमार शर्माले भ्रष्टाचार र सुशासनयुक्त वडा बनाउने मतदाता समक्ष प्रतिवद्वता गर्नुभएको छ । उहाँले शिक्षा, स्वास्थ, रोजगार, पुर्वधार र बाढीबाट डुबान पर्ने समस्या समाधानमा प्रमुख प्राथमिकता रहेको बताउनु भयो ।उहाँले आफु निर्वाचित भए राज्यकोषबाट पाउने कुनैपनि किसिमको सेवा सुबिधा नलिने र जनताको सेवामा अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्दै विकासका पूर्वाधार तयार गरि भ्रष्टाचार रहित सुशासन युक्त आधुनिक वडाको विकासमा कार्य गर्ने प्रतिबद्धता गर्दै गठबन्धनका उम्मेदवारलाई भारी मत दिएर जिताउन शर्माले आग्रह गर्नुभयो ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्