सैनामैना–२ मा गठबन्धन उम्मेदवारहरु घरदैलो अभियान शुरु

सैनामैना–२ मा गठबन्धन उम्मेदवारहरु घरदैलो अभियान शुरु

१८बैशाख २०७९

अम्बिका परियार

विज्ञापन

सैनामैना —संयुक्त गठबन्धन सैनामैना नगरपालिका वडा नम्बर २ ले आइतबार देखि औपचारिक रुपमा घरदैलो अभियान सुरु गरेको छ ।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन तर्फ सैनामैना–२ का वडा अध्यक्ष उम्मेदवार प्रेम कुमार शर्मा (सागर) सहित वडा सदस्य उम्मेदवार, नेता, कार्यकर्ताहरु टोल टोलमा चुनावी प्रचार प्रसार सहित घरदैलो अभियानमा जुटेका छन् ।वडामा घरदैलो तथा मतदातासंगको भेटघाटमा अघिल्लो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले विकासका आश्वासन मात्र बाडेर बाटोघाटोको समस्या, नागरिकताका समस्या, बाढीले डुवान क्षेत्रको समस्या समाधानमा कुनै ठोस काम गर्न नसकेको र विकासका नाममा भ्रष्टाचार भएको वडाबासीहरुले गुनासो गरेको वडा अध्यक्ष उम्मेदवार प्रेम कुमार शर्माले बताउनुभयो ।

राजनीतिलाई पेशा होइन, सेवा गर्ने अठोटका साथ चुनावी मैदानमा उत्रिएका वडा अध्यक्ष उम्मेदवार प्रेम कुमार शर्माले भ्रष्टाचार र सुशासनयुक्त वडा बनाउने मतदाता समक्ष प्रतिवद्वता गर्नुभएको छ । उहाँले शिक्षा, स्वास्थ, रोजगार, पुर्वधार र बाढीबाट डुबान पर्ने समस्या समाधानमा प्रमुख प्राथमिकता रहेको बताउनु भयो ।उहाँले आफु निर्वाचित भए राज्यकोषबाट पाउने कुनैपनि किसिमको सेवा सुबिधा नलिने र जनताको सेवामा अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्दै विकासका पूर्वाधार तयार गरि भ्रष्टाचार रहित सुशासन युक्त आधुनिक वडाको विकासमा कार्य गर्ने प्रतिबद्धता गर्दै गठबन्धनका उम्मेदवारलाई भारी मत दिएर जिताउन शर्माले आग्रह गर्नुभयो ।