गठबन्धनबाट तिनाउमा उम्मेदवारी दिएका को हुन् श्रेष्ठ ?

गठबन्धनबाट तिनाउमा उम्मेदवारी दिएका को हुन् श्रेष्ठ ?

१२ वैशाख २०७९

अम्बिका परियार

विज्ञापन

बुटवल– पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले तिनाउ गाउपालीकाको अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराए संगै चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन् । श्रेष्ठ माओवादी केन्द्र तिनाउको पालीका अध्यक्ष समेत हुन् । तिनाउमा गठबन्धनको तर्फबाट अध्यक्ष माओवादी केन्द पाएको छ । उपाध्यक्ष नेपाली कागं्रेशको भागमा परेको छ । एमालेले भने तिनाउमा प्रेम श्रेष्ठलाई अध्यक्षमा उठाएको छ ।

चुनावी मैदानमा उत्रिएका अध्यक्षका उम्मेदवार श्रेष्ठले तिनाउलाई पर्यटकिय गन्तव्य,स्थानिय नागरिकको शसक्तिकरण , शुसाशन,चुरे पहाड संरक्षण,स्थानिय स्रोत साधनको पहिचान गरि आर्थिक आय आर्जनमा वृद्धि गर्ने,विभेदमुक्त पालिका ,निशुल्क शिक्षा,स्वास्थ्य सुनिश्चित गर्नुका साथै सडक सुधार गर्ने र सवल र सक्षम पालिका बनाउने प्रतिबद्धता समेत उनको छ ।

को हुन् राजेश श्रेष्ठ ?

पहिले २०७४ सालको निर्वाचनमा तिनाउ गाउपालीका अध्यक्षको बलियो दावेदार भएता पनि पार्टीको निर्णय स्वीकार गर्दै श्रेष्ठ पालीकाको वडा न.२ का अध्यक्षका उम्मेदवार उठेका थिए भने अत्याधिक मत ल्याई विजयी भएका थिए ।उनि गाउंपालिकाको प्रवक्ता समेत हुन् । यो पटक गठबन्धनबाट उम्मेदवार भएका श्रेष्ठ बाजी मार्ने दाउमा छन् । सरल स्वाभावका नेता श्रेष्ठ माओवादी केन्द्र भित्र लोकप्रिय मानिन्छन् । गठबन्धनको कांग्रेसभित्र केहि असन्तुष्टि देखिए पनि अन्तिममा पार्टीको निर्णय अनुशार नै चल्नु पर्ने हुदां सबैको साथ मिल्नेमा विश्वस्त रहेको बताउंछन् ।

श्रेष्ठ २०३१ बैशाख १ गते तिनाउ ३ पैठेडांडा पाल्पामा बुवा बृजमान श्रेष्ठ र आमा बालकुमारी श्रेष्ठको कोखबाट जन्मेका हुन्। उनि गाउंमै जन्मेर गाउकै बिकासका लागि निरन्तर लागि परेका छन् । २०४६ सालदेखि राजनीतिमा लागेका श्रेष्ठले दोभान मावि पाल्पामा नेपाल क्रान्तिकारी विद्यार्थी संघठनको इकाई अध्यक्षबाट राजनीति सुरु गरेका थिए। स्नातकोत्तर तह सम्म अध्ययन गरेका श्रेष्ठ २०५२ सालमा अदिल (क्रान्तिकारी ) केन्द्रिय सदस्य,२०५४ सालमा नेकपा (एकताकेन्द्र) पाल्पा पार्टी सदस्य , २०५५ सालमा नेकपा (एकताकेन्द्र) पार्टी जिल्ला सदस्य,२०५७ सालमा संयुक्त जनमोर्चा,नेपाल जिल्ला सचिब,२०६५सालमा ए.नेकपा माओवादी केन्द्र पाल्पा को सचिवालय सदस्य तथा २०७४ सालबाट अहिले सम्म नै पालिकाको नकपा माओवादी केन्द्र तिनाउं गाउपालीकाको अध्यक्ष हुन् भने सामुदायिक वन समन्वय समिति तिनाउको ३ पटक कार्यकाल अध्यक्ष,कुसुमडाडा सामुदायिक वनको संस्थापक अध्यक्ष, सिद्दबाबा मन्दिर विकास समितिको सचिव लगाएत सामाजि संस्थामा निकै क्रियाशिल रहेका छन् ।

पालीका भित्र हुने प्राकृतिक प्रकोप वा जुनसुकै समस्या संग जुध्न फ्रन्ट लाईनमै खटिने श्रेष्ठ कोरोनाका समयमा सबै भन्दा बढि राहात संङ्कलन,उद्धार तथा शुरक्षाका निम्ती पहल ,समन्वय गर्न खटिने जनप्रतिनीधिका रुपमा पहिचान बनाएका छन् । कुनै पनि बिषयबस्तुलाई नजिकबाट ब्याख्या गर्न सक्ने,नागरिक संग छिटै घुलमिल हुन सक्ने ग्रामीण क्षेत्रमा हरेक संग राम्रो सम्बन्ध रहेको रहेको स्थानीयहरु बताउँछन्।