दलित महिला संघको राष्ट्रिय सम्मेलन शुरु

१० चैत २०७८

विज्ञापन

बुटवल— आगामि निर्वाचनमा दलित महिलाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चिताको माग गर्दै दलित महिला संघको राष्ट्रिय सम्मेलन बुधबार देखि बुटवलमा शुरु भएको छ । देशभरका ५० भन्दा बढि जिल्लाका प्रतिनिधिहरुको सहभागितामा सम्मेलन शुरु भएको हो । सम्मेलनको लुम्बिनी प्रदेशका कानून महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले उद्घाटन गरिन ।उद्घाटन समरोहलाई सम्बोधन गर्दै मन्त्री घर्तीले संविधानले दलित महिलालाको सहभागिता ग्यारेन्टी गरको बताउँदै प्रभावकारी बनाउन सबै जिम्मेवार बन्नुपर्ने बताईन । उनले दलित समुदायको अधिकार र दलित महिलाको सवालमा प्रदेश सरकारले काम गर्न तयार रहेको बताईन । उनले आयोग गठन गरेर वा कार्यक्रमका हिसाबले सरकार सम्बोधन गर्न तयार रहेको बताईन ।

कार्यक्रममा दलित महिला संघका संस्थापक अध्यक्ष दुर्गा शोवले राजनीतिक पार्टीहरुले संविधानले वडामा दलित महिलालाई बाध्य भएकाले अवसर दिएको् उल्लेख गर्दै अब वडाअध्यक्ष, पालिकाहरुमा प्रमुख उपप्रमुख दिनुपर्ने बताईन । उनले उम्मेद्वार छनौट देखि नै दलित महिलाहरुलाई अवसरबाट बञ्चित नगराउन दलहरुको ध्यानआर्कषण गराईन ।संविधानसभा सदस्य विनोद पहाडीले दलित समुदायको अधिकार संविधानमा अपुरो रहेको र लेखिएका प्रावधानको कार्यान्वयन कमजोर रहेको बताए । उनले दलित समुदायका लागि छुट्टै निर्वाचन क्षेत्रको माग गरिएपनि त्यो सम्बोधन नभएको बताए ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेशका सचिव एंव रुपन्देही अध्यक्ष राजु गुरुङले समावेशितालाई ध्यान दिदै दलित महिलाको अर्थपूर्ण सहभागिताका लागि आफ्नो पार्टीले व्यवहारमै काम गर्ने प्रतिबद्धता जनाए ।कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापती गोविन्द खनालले दलित अधिकार मानव अधिकारको सवाल भएकाले दलित महिलाहरुको अर्थपूर्ण सहभागिताको ग्यारेन्टी दलहरुले नै गर्ने बेला आएको बताए ।

कार्यक्रममा नेकपा एमाले रुपन्देहीका सदस्य यमराज पाण्डे, नेपाली काँग्रेस रुपन्देहीका सदस्य हरिप्रसाद अर्याल, राष्ट्रिय जनमोर्चा रुपन्देहीका सचिव टान बहादुर केसी, जनता समाजवादी पार्टी बुटवलका अध्यक्ष वामदेव भुसाल, लोकतान्त्रिक समाजवादी पार्टी रुपन्देहीका सहसचिव रामकिसुन नायक, विवेकशिल साझा पार्टी रुपन्देही संयोजक किरण शर्मा पाण्डेले आगामि निर्वाचनमा दलित महिलाको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने प्रतिबद्धता जनाए ।उक्त अवसरमा दलित महिला संघका महासचिव रेणु सिंजापतीले प्रतिवेदन पेश गर्दै दलित महिलाहरुलाई निर्णय प्रक्रियामा सहभागी नगराइएको बताईन । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार, गैरसरकारी संस्था महासंघ रुपन्देहीका अध्यक्ष रीमा बिसि, अल्पसंख्या समुदायबाट आनिक राना, संघका केन्द्रीय सदस्य हिमा सुनारले बोल्दै निर्वाचनको मुखमा गरिएको सम्मेलनले दलहरुलाई थप प्रतिबद्ध बनाउन झकझकाएको बताए ।सम्मेलनमा निर्वाचन र दलित महिलाको अधिकारका सवालमा छलफल हुने अध्यक्ष कला स्वर्णकारले जानकारी दिईन।