रुपन्देहीमा बिभिन्न कार्यक्रम आयोजना गरी ११२ औ अन्तराष्ट्रिय महिला दिवस सम्पन्न

रुपन्देहीमा बिभिन्न कार्यक्रम आयोजना गरी ११२ औ अन्तराष्ट्रिय महिला दिवस सम्पन्न

२४ फागुन २०७८

गोरखनाथ सामुदायिक सिकाई केन्द्र सैनामैनाको आयोजना,मेचिमहाकाली संयुक्त बुहारी आवाज रुपन्देहीको सहआयोजना र सैनामैना दलित उत्थान समिती सैनामैनाको सहकार्यमा ११२ औ अन्तराष्ट्रिय महिला दिवस सम्पन्न भएको छ ।

विज्ञापन

दिवसको अवसमा संस्थाका महिलाहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धि प्रशिक्षणात्मक प्रस्तुति समेत रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी नजरकुमारी श्रेष्ठले महिलाहरु आर्थिक रुपमा सक्षम बन्नका लागि आयमुलक र सिपमुलक व्यबसायमा लाग्नु पर्ने बताउनु भयो । उहांले भन्नुभयो “जव सम्म महिलाहरुले घरको चुलोचौको छोडेर बाहिर निस्किदैनन् तव सम्म महिला हिंशा र विभेदका श्रङ्खला रोकिदैन ।”महिला शसक्तिकरणका लागि छोरीलाई शैक्षिक क्षेत्रमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमराज अर्याल ,सहिद नारायण पोख्रेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख यदुलाल पन्त ,सैनामैना दलित उत्थान समितीका अध्यक्ष अम्बिका परियार ,आयरल्याण्ड नेपाली समाजका मिठु सापकोटा ,सुन्दर यातायात टेर्डसका अध्यक्ष भेष बहादुर थापा,समाजसेबी सिता जि.सी लगाएतले बोल्दै समाजमा बढ्दै गएको लैंगिक हिंशा न्युनिकरणका लागि समाजका हरेको नागरिकले म हिंशा गर्दिन र हिंशा सहन्न भन्ने प्रण गर्नुका साथै कानुनमा लेखिएका कुरालाई कार्यान्वयन गर्न सरकारका तिनै तहले पहल गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ गरिएको उक्त कार्यक्रम गोरखनाथ सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष लता खड्काको अध्यक्षता ,इन्द्रा बिकको स्वागत मन्तव्य तथा सिजृना न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता