ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
लुम्वीनी प्रदेशका रायमाझीले नेपाल निर्माण ब्यबसायी महासंघको केन्द्रिय उपाध्यक्ष पदमा पुनः उमेरदवारी घोषणा

लुम्वीनी प्रदेशका रायमाझीले नेपाल निर्माण ब्यबसायी महासंघको केन्द्रिय उपाध्यक्ष पदमा पुनः उमेरदवारी घोषणा

सल्यान फागुन २३

नेपाल निर्माण ब्यबसायी महासंघको २३औ साधारण सभा तथा १२ औ अधिबेशनमा लुम्वीनी प्रदेशबाट हाल बहाल वाला केन्द्रिय उपाध्यक्ष टोप बहादुर रायमाझीले पुनः केन्द्रिय उपाध्यक्ष पदमा उमेरदवारी दिने घोषणा गरेका छन।

विज्ञापन

नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान)मा चुनावी गर्मी बढे सगै उमेरदवारी घोषणा गर्नेको पनि संख्या बृद्धी हुदै गएको छ । यही फागुन २७ र २८ गते काठमाडौँमा हुने महासंघको २३औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएकाले नेतृत्व र पदाधिकारीका आकांक्षी खुल्न थालेका छन् ।

उमेरदवारी घोषणा सगै महासंघ भित्र चुनावी माहोल क्रमशः बढ्दै जान थालेको छ।

हाल नेपाल निर्माण ब्यबसायी महासघ लुम्बिनी प्रदेश बाट केन्द्रीय उपाध्यक्ष टोप बहादुर राईमाझीले  पुनः फेरी लुम्बिनी प्रदेश बाट नेपाल निमार्ण ब्यबसायी महासघको केन्द्रीय उपाध्यक्ष पदमा उमेदवार दिने बताएका  हुन।

देशको राजनैतिक परिवर्तन सगै नेपाल निर्माण ब्यबसायी महासंघलाइ समायानुकुल बनाउन आफ्नो उपाध्यक्षमा उमेरदवारी घोषणा गरेको रायमाझीले बताएका छन।

यस्ता  छन प्रतिबद्धता

१ समायानुकूल ऐन नियम तथा सार्वजनिक खरिद ऐन नियमावली संशोधन नहदा निर्माण ब्यबसायीलाइ परेका समस्याहरुको समाधान गर्न ऐन नियम संशोधन गर्न पहल गर्ने।

२ साना नेपाली निर्माण कम्पनीहरुलाइ नेतृत्वमा ल्याउन पहल गर्ने ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता