गाउँपालिका अध्यक्ष केसी द्धारा ११ कोठे प्रशासकीय भवन उद्धघाटन
फागुन २३ सल्यान
सल्यानको कालीमाटी गाउँपालिकाको सुबिधा सम्पन्न ११ कोठे प्रशासकीय भवन एक कार्यक्रमका बिचमा उद्धघाटन गरिएको छ।
प्रमुख अतिथी तथा कालीमाटी गाउँपालिका अध्यक्ष दान बहादुर खत्रीले ११ कोठे सुबिधा सम्पन्न प्रशासकीय भवन रिवन काटेर उद्धघाटन गरेका हुन।
भवन उद्धघाटन समारोहमा बिशिष्ट अथिती गाउपालिका उपाध्यक्ष सनसिल्लता वली डिसी तथा प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर खत्रीको बिषेश उपस्थिती रहेको थियो।
उद्धघाटन समारोहलाइ सम्बोधन गर्दै प्रमुख अथिती खत्रीले कालीमाटी गाउपालिका भौगोलिक बिकटता भएको जस्तो गरी राज्यले हेर्ने दृष्टिले फरक भएकाले यस क्षेत्रको बिकास हुन नसकेको बताएका थिए तर संघियता सगै स्थापित भएका स्थानियतह मध्ये कालीमाटी गाउपालिका हिजो जस्तो नभएको आज बिकासको मुहार जन्ताले बिजुली बत्तीको स्वीच अन गरे जस्तै गरी देख्न पाएकोले आफ्नो कार्यकाल सफल भएको ठोकुवा गरे।
उनले भने छिमेकी जिल्ला दाङ सग सिमाना जोडिएको कालीमाटी गाउपालिका सल्यानको कर्णाली जस्तो भएकाले अब लुम्विनी प्रदेश बाट कर्णाली प्रदेश जाने बाटोमा सहजै आवत जावत गर्न भएको सडक बिकासले पनि नागरिकमा यातायात सास्ती कम भएकाले आफ्नो कार्यकाल सफल भएको प्रस्ट पारेका छन।
भवन उद्धघानका बिशिष्ट अथिती सनसिल्लता वली डि सी ले यस कालीमाटी गाउपालिकाबाट प्रदान गरीने सेवा सरल सहज र नागरिकको पहुँचमा पुर्याउन अब सामुदायिक वनको भवन र भाडावाल घरबाट नभइ सुविधा सम्पन्न वडा कार्यलय र पालिकाको प्रशासकीय भवन बाट सेवा प्रवाह गर्ने कार्य नै महत्वपुर्ण कार्य भएको बताइन।
११ कोठे प्रशासकीय भवन निर्माण कार्य गाल्वा निर्माण कन्ट्रकसनले जिम्मा लिएको भवनको कुल लागत २ करोड ३४ लाखमा निर्माण कार्य सम्पन्न भएको छ।
गाउँपालिकाकको ११ कोठे भवन निर्माण गर्न कालीमाटी गाउपालिकाका १३ जनाले जग्गा दान दिएका छन। भने सबै भन्दा बढी नन्दलाल पौडेलले १ रोपनी ८ आना जग्गा दान गरेका छन। जग्गादाता सबैलाइ गाउपालिका अध्यक्ष उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले सम्मान गरेका थिए।
१ नन्दलाल पौडेल १ रोपनी ८ आना
२ बेत प्रसाद भुसाल १३ आना
३ हिमाल खत्री ८ आना
४ उदय बहादुर खत्री ६ आना
५ हिम बहादुर खत्री ६ आना
६ प्रताप सि खत्री ६ आना
७ पुर्ण बहादुर खत्री ५ आना
८ शिव बहादुर खत्री ५ आना
९निर्मल खत्री ५ आना
१० सरोज खत्री ५ आना
११ नेत्र लाल खत्री
१२ टिक बहादुर खत्री २ आना
१३ कमल खत्री १ आना २ पैसा
भवन उद्धघाटनमा समारोहमा वडा नं १ का वडा अध्यक्ष रबिलाल बस्नेत वडा नं २ का वडा अध्यक्ष इन्द्र बहादुर वली वडा नं ३ का वडा अध्यक्ष बिर बहादुर वली वडा सदस्य जित बहादुर यरी भेग बहादुर उपाध्यय दिलमाया खत्री एमाले जिल्ला कमिटी सदस्य मित्रलाल सुनार नेका गाउ समिती सभापति गणेश केसी को एक्कीकृत अखिल नेपाल शिक्षण संगठन कालीमाटी गाउ कमिटी अध्यक्ष बम बहादुर वली को उपस्थिती रहेको कार्यक्रममा बिभिन्न झाँकी प्रदर्शन गरेको कार्यक्रमको सञ्चालन प्रदिप केसी ले गरेका थिए।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा