स्मार्ट सिटीका लागि बुटवलमा सडक बनाइँदै
- epratibimba .com
- २०७८ माघ ८
- 486 views
७ माघ २०७८
बुटवल — स्मार्ट सिटीको योजना बनाएको बुटवल उपमहानगरपालिकाले सडक सञ्जाल विस्तार र स्तरोन्नतिलाई तीव्रता दिएको छ । सहरी विकास योजना अनुसार उपमहानगरले मातहतका चक्रपथ, आन्तरिक र बाइपासका सडक विस्तार थालेको हो ।
शुक्रबार प्रमुख बाइपास सडक देवी पथ र रंशाला मार्ग विस्तारको शिलान्यास भएको छ । १० करोड लगानीमा यी दुई सडकको प्रमुख शिवराज सुवेदीले शिलान्यास गरे ।
यी सडकमा नाली, फुटपाथ, हरियाली क्षेत्र सडक बन्ने बताइएको छ । बाइपास सडकलाई चक्रपथ, पर्यटन सर्किट, तिलोत्तमा चक्रपथ, सैनामैना चक्रपथ, भैरहवा–लुम्बिनी सडक र विमानस्थलमा जोडिने ठूला मार्गमा जोडिने छन् ।
आन्तरिक सडक अन्तर्गत बेलबास–बुद्धनगर, मिलनचौक–चौपारी र शान्ति पथलाई स्तरोन्नति र विस्तार गर्ने कामसमेत सुरु भएको छ । संघीय सरकार, मातहतका निकाय, प्रदेश सरकार र मातहतका कार्यालयले बुटवलको सडक सञ्जाल विस्तार र स्तरोन्नतिमा सहकार्य गरेका छन् ।
उपमहानगरका प्रमुख सुवेदीले बुटवललाई स्मार्ट सिटी बनाउने योजना अनुसार सडक निर्माण, विस्तार र स्तरोन्नतिलाई प्राथमिकता दिएको बताए । बुटवलको मुख्य भाग राजमार्गको चौराहा–गोलपार्क खण्डको काम पनि ठेकेदारले ढिलो गरी अहिले अगाडि बढाएको छ । यस्तै बेलबास–बेथरी सडकको बाँकी खण्ड, बेलबास–नुवाकोट खण्डका अधुरा कामसमेत हाल अगाडि बढेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्