दाङ देखी सल्यानका लागी छुटेको जीप दुर्घटनाः २ को मृत्यु , १९ घाइते
मंसिर २६, सल्यान ।
दाङ देखी सल्यानका लागी छुटेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
दाङ देखि सल्यान कपुरकोट जादै गरेको रा १ ज ४३८ नम्बरको जिप आइतबार साँझ साढे ४ बजे राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर ३ सिरखोलामा दुर्घटना हुदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ।
दुर्घटनामा अन्य १९ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनकारी दिएको छ ।
मृत्यु हुने ४५ वर्षीय सौनी घर्ती र ४८ वर्षका प्रेम प्रकाश शर्मा रहेका छन् ।
घाइते तीन जनालाइ उपचारका लागि कोहलपुर रिफर गरिएको र अन्यको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जाकारी दिएका छन् ।
जिप सडकबाट अन्दाजी २ सय मिटर तल खेतमा खसेको छ ।
जिप सल्यान कुन ठाउँका लागि छुटेको हो र कति यात्रु थिए भन्नेबारे अझै एकिन नभएको अर्यालले बताएका छन् ।घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा