सिद्धार्थ क्याम्पस बुटवलमा क्रान्तिकारीको सह इकाई गठन

सिद्धार्थ क्याम्पस बुटवलमा क्रान्तिकारीको सह इकाई गठन

अम्बिका परियार

बुटवल -अखिल नेपाल रास्टिय स्वतन्त्र बिध्यार्थी यूनियन (क्रान्तिकारी )संगठन विस्तार अभियान अन्तरगत शुक्रबार बुटवलस्थित सिद्धार्थ गौतम बुद्ध क्याम्पस मुल ईकाई समितीले सह ईकाईहरू निर्माण गरेको छ ।

विज्ञापन

ईकाई कमिटीले आज बि एड दोस्रो बर्षको नेपाली बिषयमा कमिटी निर्माण गरेको संगठनका जिल्ला उपाध्यक्ष टिकाराम आचार्यले बताए ।

संगठनले पार्बती न्यौपानेको अध्यक्षताम ४१ सदस्यीय कमिटी बनाएको छ ।जसको उपाध्यक्षमा पुजा नेपाली,दिक्षा अर्याल ,सचिब लक्ष्मी न्यौपाने,सहसचिब क्रान्ति बिक,सर्मिला बेलबासे,कोषाध्यक्ष सृष्टि भण्डारी लगाएत रहेका छन् ।

उक्त कार्यक्रममा क्याम्पस मुल इकाई समिती अध्यक्ष हिमाल खनाल, उपाध्यक्ष केशब पौडेल सचिब शिशिर केसि लगायत जिल्ला कमिटी सदस्य संगिता घर्ती र एकाई कमिटी सदस्यहरु मन्जु खनाल, किरन भट्टराई, सबित्रा खनाल लगाएतको उपस्थिती रहेको थियो ।