सप्तऋषि बचत तथा ऋण सहकारी संस्था लि।को १३ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न

सप्तऋषि बचत तथा ऋण सहकारी संस्था लि।को १३ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न

मङ्सिर २४, २०७८

सैनामैना -सप्तऋषि बचत तथा ऋण सहकारी संस्था लि।को १३ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन बिहिवार सम्पन्न भएको छ ।

विज्ञापन

श्री सप्तऋषि बचत तथा ऋण सहकारी संस्था लि। सैनामैना ३ रुपन्देहिका अध्यक्ष प्रेम बहादुर बाँनियाको अध्यक्षता, बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद नेपालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा अधिवेशनबाट अध्यक्ष प्रेम बहादुर बाँनिया सर्वसहमतिमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा जमुना पोख्रेल, सचिवमा मित्र बहादुर क्षेत्री, कोषाध्यक्षमा दिपक कुमार चालिसे, सह सचिवमा कृष्ण चौधरी, लगायतको एघार सदस्यीय संचालक समिति गठन भएको छ।

बचत तथा ऋण सहकारी संघ लुम्विनि प्रदेशका अध्यक्ष कृष्ण प्रसाद नेपालीले कार्यक्रममा बोल्दै सबैभन्दा राम्रो र उत्कृष्ट सहकारी बन्न सफल होस् भन्ने शुभकामना ब्यक्त गर्नुभयो । पछिल्लो समयमा सहकारी ब्यवहारीक र नियमसँग संञ्चालन हुदै आएको र स–साना न्यून बर्गको सहकारीमा सकि नसकि गरिएको बचतको ग्यारेन्टि हुन जरुरी भएका समेत उहाँले बताउनुभयो ।

कार्यक्रमका नवनिर्वाचित अध्यक्ष प्रेम बहादुर बाँनियाले संस्थालाई सबैको सहयोगले यहाँसम्म आउन सफल भएको आगामी दिनमा समेत सबैको सहकार्यमा संस्थाको उन्नति प्रगतिको अपेक्षा रहेको बताउनुभएको छ ।

सल्लाहाकार डिल्लीराज ज्ञवाली,हरी प्रसाद भट्राई ,राम प्रसाद अधिकारी , कमला ढकाल,चित्रबहादुर केसि लगायतले सहकारीको बारेमा बोल्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारीमा बिना बाँनियालाई सम्मान गरिएको हो । कार्यक्रम सचिव राम बहादुर बाँनिया र व्यवस्थापक कोषराज बस्नेतको संञ्चालनमा सम्पन्न भएको थियो ।