अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसद्वारा ३३ बुँदे मागपत्र पेश

अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसद्वारा ३३ बुँदे मागपत्र पेश

अम्बिका परियार

बुटवल – अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस कमिटीले क्याम्पस देखिएका समस्या, विद्यार्थीहरुकाका शैक्षिक समस्याहरुलाई दृस्टिगत गर्दै क्याम्पस प्रशासनलाई ३३ बुँदे माग पत्र बुझाएको छ । अखिल क्रान्तिकारीका क्याम्पस कमिटी अध्यक्ष विष्णुप्रसाद ज्ञवाली, क्रान्तिकारीका लुम्बिनी प्रदेश सचिब दिलप शर्मा, पूर्व केन्द्रिय सदस्य एवं क्याम्प कमिटीका पूर्व अध्यक्ष अनुप पोखरेल लगायतको टोलिले बिहीबार क्याम्पस डा खिमानन्द न्यौपानेलाई आफ्नो ३३ बुँदे मागपत्र बुझाएको हो ।

विज्ञापन

लकडाउनका बेला भएका अनलाइन कक्षाको पहुँचमा सबै विद्यार्थीहरु नभएकाले अनलाइन कक्षाबाट बञ्चित भएकालाई भौतिक रुपमा कक्षा सञ्चालन गरी कोर्स पुरा गर्न क्रान्तिकारीले क्याम्पस प्रमुख समक्ष माग गरेको छ । यस्तै परीक्षाका बेला नक्कली निरीक्षक खडा गरी गरेको अनियमिततामा संलग्नहरुलाई तत्काल कार्वाही प्रक्रिया अघि बढाउन, साइन्स ल्याब निर्माण गर्दा भएको अनियमितता बारे छनबिन समिती गठन गरि कार्बाही प्रक्रिया तत्काल अगाडि बढाउन, विश्वविद्यालयबाट पार्ट टाईमलाई स्वतः करार र करारलाई स्थायी गर्ने प्रक्रियालाई त्रिवि सिनेटले गरेको निर्णय अगाडी नबढाउन पहल गर्न क्याम्पस प्रमुखलाई क्रान्तिकारी बुटवल क्याम्पस कमिटीले आग्रह गरेको छ ।

यस्तै क्याम्पसमा विद्यार्थीहरुलाई पठन(पाठन सहज बनाउनका लागि फ्रि वाइफाईको व्यवस्था गर्न, क्याम्पसको लेखा शाखा र परीक्षा शाखामा विद्यार्थीहरुको भिड अत्याधिक भएकाले तत्काल व्यवस्थापन गर्न, अव्यवस्थित रुपमा क्याम्पस ग्राउण्डमा थुपारिएको माटो गिट्टी तत्काल हटाउने लगायतका माग राखिएको छ ।