रुपन्देहीको सैनामैनामा महिला विद्यालय स्थापना

रुपन्देहीको सैनामैनामा महिला विद्यालय स्थापना

२२ मंसिर २०७८

अम्बिका परियार

विज्ञापन

सैनामैना — रुपन्देहीको सैनामैनामा महिला विद्यालय संचालनमा आएको छ । मेची महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश र गोरखनाथ सामुदायिक सिकाई केन्द्रको पहल तथा सैनामैना नगरपालिकाको सहयोगमा सैनामैना नगरपालिका –६ पटनास्थित महिला विद्यालयको बिहीबार एक समारोहका बीच औपचारिक शुभारम्भ भएको हो ।

विभिन्न कारणले शिक्षाबाट वन्चित भएका वा औपचारिक अध्ययन पूरा नभएका महिलाहरूका लागि स्थापना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य नेकपा एमाले लुम्बिनी प्रदेश का सचीव लुम्बिनी प्रदेश का सांसद भुमिश्वर ढकालले जुनसुकै देश परिवर्तन गर्न महिला नै शिक्षाका मार्गमा अगाडि हुनुपर्ने र घर समाज राम्रो हुन को लागि महिलानै पढेलेखेको हुनुपर्ने उहाँको भनाइ रहेको थियोे ।महिला शसक्तिकरणका लागि शिक्षा अत्यावश्यक रहेको बताउदै संविधानले राज्यका सबै संयन्त्र र निकायमा महिलाको सहभागिता सुनिश्चितता गरेको भए पनि कार्यान्वयन तह र व्यबहारमा उपस्थिती कम भएकाले महिला सहभागिता बढाउन र चौतर्फी विकासका लागि शिक्षा अनिवार्य रहेको छ ।

यस्तै कार्यक्रममा बिशिस्ट अतिथि सैनामैना नगरपालिका नगर प्रमुख चित्र बहादुर कार्कीले हरेक क्षेत्र मा शिक्षा अतिनै महत्त्वपूर्ण हुने भन्दै पढाई लाई उमेर ले नछेक्ने भएकाले अध्यनमा जोडिन आग्रह गर्नु भयो । सैनामैनाका १० विद्यालयलाई मर्ज गरेर उचित व्यवस्थापन समेत गरेको बताउँदै शिक्षाका लागि सैनामैना उर्वर भूमि र गन्तव्यनै बनेको दावी गर्दै विद्यालय व्यवस्थित बनाई गुणस्तरीय शिक्षाका विद्यालय मर्जदेखि पूर्वाधार विकास र प्रविधिको व्यवस्थापनसँगै सचेतनाका कार्यक्रमहरु पनि गर्दै आएको उहाँको भनाइ रहेको थियोे ।

कार्यक्रममा बिद्यालयकी अध्यक्ष लता खड्काले हरेक घरमा सकरात्मक परिवर्तन ल्याउन महिला शिक्षित हुनुपर्ने भन्दै शिक्षाको उज्यालो बाट व्यबहारिक ज्ञान,सिप र बिकासमा जोड दिन सरकारका तिनै तह ,सरोकारवाला निकाय संगै सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रम विशिष्ट अतिथि सैनामैना नगर उपप्रमुख बिना राना, शिक्षा साखा प्रमुख ,साधना महिला विद्यालय, बुटवलकी अध्यक्ष सावित्रा अर्याल,विभिन्न बिधालयका प्राचार्य तथा प्रमुख वाड सदस्य, कार्यपालिका सदस्य, सञ्चारकर्मिहरुको सहभागिता रहेको उक्त कार्यक्रम बिद्यालयकी अध्यक्ष लता खड्काको अध्यक्षता तथा सिर्जना न्यौपानेको सन्चालनमा सम्पन्न भएको थियोे ।