ख्रीष्टियन समाज लुम्बिनीद्धारा ख्रिष्टमस मनाउन शुरु
- epratibimba .com
- २०७८ मंसिर २१
- 571 views
२१ मंसिर २०७८
बुटवल – नेपाल ख्रीष्टियन समाज लुम्बिनीले विभिन्न कार्यक्रम गरि ख्रिष्टमस मनाउन थालेको छ । समाजले विभिन्न समाजिक कार्यसँगै रचनात्मक अभियानहरु गरेर ख्रिष्टमसलाई उत्सवमय बनाउन थालेको जनाएको छ । समाजले विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागितामा शूभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
लुम्बिनी प्रदेशका कृषि खाद, प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको प्रमुख आतिथ्यतामा शूभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले नेपाल धर्मनिरपेक्ष राज्य भएकाले सबै धर्म मान्नेहरुको अस्तित्वलाई स्विकार गरेको बताईन ।
कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापती गोविन्द खनाल, नेपाल खिष्ट्रियन समाजका महासचिव डिल्लीराम पौडेल, गैरसरकारी संस्था महासंघ रुपन्देहीका अध्यक्ष रीमा बिसि, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आचार्य, ख्रिष्टियन समाजका राजनीतिक समन्वय समितिका प्रमुख कुँवेर गुरुङ, नेपाली काँग्रेस बुटवल उपमहानगरका सभापती खेलराज पाण्डे, जनजागरण पार्टीका अध्यक्ष डा. विपि खनाल, राष्ट्रिय खिष्टियन महासंघ लुम्बिनीका अध्यक्ष विष्णु पोखरेलले बोल्दै शूभकामना दिएका थिए ।
त्यसैगरि समाजले ख्रिष्टमसको अवसरमा पैरवी कार्यक्रम समते गरेको छ । सामाजिक क्षेत्रमा इसाईहरुले पु¥याउने योगदान, अधिकार तथा समस्याहरुको बारेमा विभिन्न व्यक्तिहरुले प्रशिक्षण दिएका छन । संविधानसभा सदस्य विनोद पहाडी, समाजका अन्तरधार्मिक प्रमुख डा. विपि खनाल, पास्टर मुकुन्द शर्मा, अधिवक्ता दिनेशबाबु श्रेष्ठ, समाजका महासचिव डिल्लिराम पौडेलले सहजीकरण गरेका थिए ।
कार्यक्रम समाजका लुम्बिनी अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षता,सहअध्यक्ष बाबुराम बस्नेतको सञ्चालन एंव उपाध्यक्ष देवु गिरीले स्वागत गरेका थिए । खिष्टीयन समाजले आगामि पुस १० गते परेको खिष्टमस डे को अवसर पारेर विभिन्न कार्यक्रम गरेको हो । लुम्बिनीमा १ लाख भन्दा बढि ख्रिष्टियनहरु रहेको समाजले जनाएको छ ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्