निर्वाचन कार्यलय सल्यानले मंसिर१७ देखि मतदाता नामवली संकलन गर्ने

निर्वाचन कार्यलय सल्यानले मंसिर१७ देखि मतदाता नामवली संकलन गर्ने

मंसिर १५, सल्यान
जिल्ला निर्वाचन कार्यलय सल्यानले जिल्लाका दश स्थानिय तहबाटै मंसिर १७ गते बाट मतदाता नावली संकलन गर्ने जनाएको छ।

मतदाता नामवली संकलनका लागी दश स्थानिय तहमा पुगेर मतदाता नामावली संकलन गरिने भएको छ ।

विज्ञापन

जिल्लाका दश वटै स्थानिय तहमा पुगेर दुई चरणमा मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

जस अनुसार मंसिर १७ गते देखी पहिलो चरणमा र मंसिर २८ गतेदेखी दोस्रो चरणमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सुरुवात गरीने भएको छ।

पहिलो चरणमा मंसिर १७ गते देखी २६ गते सम्म कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, दार्मा गाउँपालिका, बागचौर नगरपालिका र बन्गाड कुपिण्डे नगरपालिकामा संकलन गरिने भएको छ।

त्यसै गरी दोस्रो चरणमा चरणमा मंसिर २८ गते देखी पुस ८ गते सम्म सिद्ध कुमाख गाउँपालिका, कुमाख गाउँपालिका, त्रिबेणी गाउँपालिका र कालिमाटी गाउँपालिकामा सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी मधुकर कुमार साहले जानकारी दिएका छन।

मतदाता नामावली संकलनका लागी विशेष कार्यक्रममा नयाँ मतदाताका लागी संकलन गर्नको लागी टोली स्थानिय तहमा जान लागेको निर्वाचन कार्यलय प्रमुख मधुकर कुमार साहले जानकारी दिएका छन ।

‘शारदा नगरपालिका भित्र जिल्ला निर्वाचन कार्यालय भएकाले नगरभित्रका कार्यालयमा आएर मतदाता नामवली बनाउन सकिने छ भने बाँकी स्थानिय तहमा पनि नयाँ मतदाता नामावली संकलनका लागी कार्यलयको टोली स्थानिय पालिकामा जाने कार्यलय प्रमुख शाहले बताए।

उनका अनुसार पुराना मतदाता नमवलीमा त्रुटि भएका, नाम, ठेगाना सच्याउनुपर्ने वा बसाइ सरेको अबस्थामा कार्यमा जिल्ला निर्वाचन कार्यालयमा मात्रै हुने छ

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता