दलित मुक्तीमोर्चाको अध्यक्षमा टिकाराम बिक

दलित मुक्तीमोर्चाको अध्यक्षमा टिकाराम बिक

कार्तिक २४ सल्यान

नेपाल दलित मुक्तीमोर्चाको छत्रेश्वरी गाउपालिकाको अध्यक्षमा टिकाराम बिक निर्वाचित भएका छन।

विज्ञापन

दलित मुक्तीमोर्चा छत्रेश्वरी गाउपालिकाको प्रथम सम्मेलन बाट बिक निर्बाचित भएका हुन। बिकको अध्यक्षतामा ५ सदस्यीय पछी थप गर्ने गरी ३५ सदस्यिय गाउ समिती गठन भएको छ।

निर्वाचित पदाधिकारीमा मध्ये उपाध्यक्षमा तिलक बिक सचिव, दिनेश विक, कोषाध्यक्षमा मोहन बिक, र सह सचिवमा केवली बिक निर्विरोध निर्बाचित भएका छन।

जस्को सदस्यहरुमा

चन्द्रा बिक, सिता बिक,धनसिहँ बिक, राजु विक,निम बहादुर नेपाली,दोलकी विक, मनिराम बिक, चक्र बिक, उमा परियार,मदन परियार,तिलक बिक, रुद्रविर परियार,दल बहादुर नेपाली,गुमान नेपाली, तुली बिक, शेर बहादुर परियार,बिरबल परियार,रेवती विक,पबित्रा विक,शुसिला बिक, कमला विक, गोबिन्द परियार,दुर्गा प्रसाद नेपाली,भुमी विक, निर्मला विक. विमला बिक निर्वाचित भएका छन

सम्मेलन उद्धघाटनमा प्रमुख अथिती नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र कर्णाली प्रदेश  सदस्य तथा सल्यान जिल्ला संयोजक कृति बहादुर पुन प्रकाण्ड सिहँ ले नेपालमा माओबादी आन्दोलन बाट प्राप्त संबिधान संघियता धर्मनिरपेक्षता र समानुपातिक समावेशिता लाइ संस्थागत गर्न नदिन बिभिन्न चलखेल भएकाले यसलाइ संस्थागत गर्न अब मोर्चाले अहम भुमिका खेल्नु पर्ने बताउनु ।

सम्मेलनका विशिष्ट अथिती माओबादी केन्द्र कर्णाली प्रदेश प्रतिनिधी तथा निर्बाचन क्षेत्र ख का इन्चार्ज चित्र बहादुर केसी भास्करले बर्गिय मुक्ती बाट नै जातिय मुक्ती हुने भएकाले जातिय समस्या नै बर्गिय समस्या भएकाले यसको अन्त्य गर्न मोर्चाले ठुलो कुर्वानी गरेकाले मोर्चाले जनयुद्धबाट प्राप्त उपल्बधीलाइ संस्थागत गर्न लाग्नु पर्ने बताएका थिए।

सम्मेलनमा माओबादी केन्द्र छत्रेश्वरी गाउपालिका पार्टी अध्यक्ष प्रेम बहादुर खड्का क. प्रभात पार्टी सचिव हिमाल यात्री ,गाउकमिटी सदस्य धुब्रराज भण्डारी मोर्चाका छत्रेश्वरी इन्चार्ज भिम बहादुर परियार वाइसियल जिल्ला सचिव धन बहादुर परियार सह सचिव प्रेम बहादुर नेपालीलेको उपस्थिती रहेको कार्यक्रमको  अध्यक्षता टिकारमा विक तथा सञ्चालन दिनेश बिकले गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता