राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीको अध्यक्षमा पराजुली
- ई- प्रतिबिम्ब
- २०७८ कार्तिक १०
- 410 views
९ कार्तिक २०७८
बुटवल नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनी प्रदेशको अध्यक्षमा बुटवलका खिमनारायण पराजुली निर्वाचित भएका छन् ।संगठनको दाङमा भएको दोस्रो प्रदेश अधिवेशनबाट पराजुली सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।
संगठनको वरिष्ठ उपाध्यक्षमा खेम श्रीषमगर (रुपन्देही), उपाध्यक्षहरुमा गुप्तबहादुर राना (प्युठान), टंक बस्याल (बाँके), खुल्ला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (दाङ), महासचिव तारा रोकाय (बाँके) र कोषाध्यक्षमा विष्णुप्रसाद पाण्डे (रुपन्देही) निर्वाचित भएका छन् ।यस्तै उपमहासचिवमा खिमानन्द पौडेल (कपिलवस्तु), सचिवहरुमा दधिराम सापकोटा (बाँके) र मोहनसिंह ठकुरी (अर्घाखाँची), सहकोषाध्यक्षमा नारदमणि पोखरेल (दाङ) तथा महिला विभाग प्रमुखमा मन्दिरा पाण्डे निर्वाचित भएका छन् ।
अधिवेशनमा प्रदेशका १२ वटै जिल्लाबाट दुई सय ५० जनाप्रतिनिधिको सहभागिता रहेको निवर्तमान अध्यक्ष मनिषकुमार जोशीले बताए ।संगठनमा प्रदेशभर करिब १२ हजार उद्योगी व्यवसायी सदस्य रहेका जोशीले बताए ।
- जनकल्याण क्याम्पस सल्यानको स्ववियु सभापतिमा गणेश वली विजयी
- सल्यानको पुरानो क्याम्पस सल्यान बहुमुखि क्याम्पस सल्यानको सभापतिमा छत्रेश्वरी २का विशाल पुन
- अखिल क्रान्तिकारी लाल किल्ला बन्यो फारुला बहुमुखि क्याम्पसः सभापतिमा हिमा शर्मा सहित सम्पुर्ण प्यानल विजयी
- गठबन्धनका साझा उम्मेदवार सञ्जय हमाल शिवजन क्याम्पसकाे सभापतिमा विजयी
- पाल्पामा अखिल (क्रान्तिकारी )को प्यानल विजयी हुने स्ववियु सभापतिका उम्मेदवार घर्ती मगरको दाबी
- समग्र खेलक्षेत्र विकासको लागि सहयोग गर्ने प्रचण्डको प्रतिवद्धता
- सुनगाभा सैनामैना गोल्डकपको उपाधि कपिलवस्तु ११ ले जित्यो
- लक्षित वर्ग समुदायकै संघर्ष र बलिदानीका कारण नेपालमा गणतन्त्र स्थापना भएको अध्यक्ष प्रचण्डको दाबी
- ओमसतियाको रामजानकी जमुहानी पोखरा ताल पार्कको प्रचण्डद्वारा शिलान्यास
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३
प्रतिकृया दिनुहोस्