किसानलाई राहत प्याकेज घोषणा गर्न कांग्रेस सैनामैनाको माग
- ई - प्रतिबिम्ब
- २०७८ कार्तिक ९
- 623 views
९ कार्तिक २०७८
अम्बिका परियार
सैनामैना -नेपाली कांग्रेस सैनामैना नगरसमितिले लगातारको वर्षातका कारण पिडामा परेका किसान परिवारलाई सम्बोधन हुने गरी तत्काल राहत प्याकेज घोषणा गर्न सैनामैना नगरपालिकासँग माग गरेको छ ।
सोमबार नेपाली कांग्रेस सैनामैना नगर सभापति रण बहादुर खनालको हस्ताक्षिरित ज्ञापन पत्रमा सैनामैनामा लगातार जारी वर्षाका कारण ठूलो संख्यामा किसान प्रभावित भएको भन्दै राहत प्याकेज घोषणा गर्न माग गरेका हुन्। सो ज्ञापन पत्र सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीलाई बुझाउँदै किसानकोे पिडामा सरकारको निर्णायक सहभागिता हुनुपर्ने बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछ । किसानलाई तत्काल जग्गाको मालपोत कर मिनाहा,मलखाद,बिउबिजन निशुल्क उपलब्ध गराउन भनिएको छ ।
बास्तविक पिडित किसानको पहिचान गरि शिघ्र क्षेतिपुर्ति दिनुपर्ने कांग्रेस रुपन्देही जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माले बताएका छन् । मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न,किसान लगायत आम नेपालीहरूले अप्रत्याशित रुपमा आउने यस्ता विपत्तिहरूको पूर्वजानकारी पाउने व्यवस्था सुनिश्चित गर्न पनि जिल्ला उपसभापति शर्माले नगरपालिकासँग माग गरेका हुन् ।
बेमौसमी वर्षाका कारण पुग्न गएको जनधनको ठूलो क्षतिप्रति कांग्रेस सैनामैना नगरसभापति रण बहादुर खनालले दुःख व्यक्त गरेका छन। खनालले किसानको पक्षमा कांग्रेस सधै तल्लीन रहने बताए । कार्यक्रमको सञ्चालन कांग्रेस सैनामैना नगरसमितिका सचिब अर्जुन पौडेलको रहेको थियो ।
लगातार वर्षाका कारण किसानले भित्त्र्याउन लागेको धानबाली खेतमै नष्ट भएको छ । बाढी पहिरो र डुबानका कारण जनधनको क्षति समेत भएको छ ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्