ताजा अपडेट
ताजा अपडेट ×
DK hd tv
बुटवलको मोतिपुर क्षेत्रमा प्रशासनद्वारा कर्फ्यु आदेश जारी

बुटवलको मोतिपुर क्षेत्रमा प्रशासनद्वारा कर्फ्यु आदेश जारी

२४अशोज २०७८

अम्बिका परियार

विज्ञापन

बुटवल रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा तनाब बढ्दै गएपछि रुपन्देही प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार दिउँसो एक सूचना जारी गरी अपरान्ह ४ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो ।

स्थानीय प्रशासनले स्थितिलाई थप बिग्रन नदिन पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका(१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी अर्को सूचना जारी नभएसम्मकर्फ्यु जारी गरेको हो ।