कपिलबस्तुको बहादुरगञ्जको महामारी नियन्त्रणमा प्रदेश मुख्यमन्त्री केसीको निर्देशन
- ई प्रतिबिम्ब
- २०७८ आश्विन १९
- 539 views
१९ असोज २०७८
अम्बिका परियार
बुटवल -लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज र आसपासका क्षेत्रमा फैलिएको महामारीलाई तुरुन्त नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालायलाई निर्देशन दिनुभएको छ । आज विहानदेखी लगातार रुपममा फैलिएको झाडापखाल प्रकृतिको समस्या नियन्त्रण आउन नसकेपछि तुरुन्तर निर्देशन गर्नुभएको हो ।
कपिलबस्तु बहादुरगञ्जका आसपासका देवानगयिा, जमुनी, सुखरामपुर, दयानगर, बभनपुरवा, जुमिला, विजयनगर लगायतका गाउँहरुमा रातिदेखि नै हैजा विरामी भएकाछन् ।सो महारमारीको बारेमा जानकारी पाउँदा साथमा स्वास्थ्य मन्त्रालयका सविच डा। विकास देवकोटालाई रोकथामका लागि निर्देशन दिनुभएको छ । उहाँले त्यस क्षेत्रको रोगको पहिचान, उपचारका लागि कुनै पनि कमी हुन नदिनका लागि मंगलबार दिउसो नै निर्देशन दिनुभएको हो । आज अन्य कर्मचारी पठाइएको र २० गते विहानै स्वास्थ्य सचिवको नेतृत्वमा नै टोली परिचालन गरी नियन्त्रण गर्न निर्देशन दिनुभएको मुख्यमन्त्रीका प्रेस संल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिनुभयो ।
सो विषयमा स्वाथ्य मन्त्रालयको सचिव विकास देवकोटाले प्रदेश मन्त्रालयले रुपेन्देही र कपिलबस्तुबाट परिचालन गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य सामाग्रीसहित आवश्यक जनशक्ति पठाई सकेको बताउनुभएको छ । साथै देवकोटाले गम्भिर विरामीहरुलाई लुम्बिनी प्रादेशिक र कपिलबस्तु अस्पतालमा उपचार भईरहेको समेत जानकारी गरानुभएको छ । साथै पानीका कारणले हैजा भएको हुन सक्ने भन्दै पानीको जाँच गरिरहेको बताउनुभयो । विहानसम्ममा नियन्त्रण हुने समेत बताउनुभयो ।
शिवराज अस्पतालमा बिरामीको चाप बढेपछि शुरुवातमा निजि क्लिनिकमा उपचार गरेपछि ३ जनाको मृत्युु भइ सकेको छ ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्