ताजा अपडेट
ताजा अपडेट ×
DK hd tv
गुल्मीमा पहिरोले पुर्दा एकै परिवारका ३ जनाको मृत्यु

गुल्मीमा पहिरोले पुर्दा एकै परिवारका ३ जनाको मृत्यु

असोज ६, २०७८

गुल्मीको तम्घास बजार नजिकै पहिरोले घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोले रेसुगा नगरपालिका ८ खानीगाउँका तिलक परियारको एक तले पक्की पहिरोले पुरेको छ ।

विज्ञापन

राति १ बजे घर माथिबाट आएको पहिरोमा परेर छोरी १४ बर्षीया गंगा परियार, १४ बर्षीया जमुना परियार र २१ बर्षीया भावना परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भटराईले जनाकारी दिए । राति निकै ठुलो पानी परेको थियो ।

पहिरोले पुरेको सूचना पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भटराईसहित नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए ।